Responsive Ad Slot

latest

मुनाको साथमा दिपसागरले नचाए यूएईका नेपालीहरुलाई I

Sunday, February 26

/ by Admin BHOLA THAPA



खेमनाथ पौडेल
यूएई-३० औं मगर दिवसको अवसरमा गत शुक्रवार यूएईको राजधानी अबुधावीको केरला सेन्टरको आकाशमुनीको खुल्ला ठाउँ दिनको ३ बजे देखीनै दर्शकहरुले भरिभराउ देखिन्थ्यो । खुल्ला आकाशमुनी भएको हुनाले वेलुकी पखको हावा चलिरहदा चिसोको महसुस भएको थियो । वेलुकीको सात बज्नै थालेको थियो स्टेजमा गलामा पहेलो पोते जन्तर कण्ठी माला हातमा वाला छड्के तिलहरी पहेलो छिर्केमिर्के चोली कम्मरमा मखमली घले छड्के झोला ओठमा रातो लाली अनी खैरो कपाल देख्दै लोभलाग्दी मुना थापा मगर स्टेजमा झुल्किन् । दर्शकहरुको टरररर ताली र सिठिले एकाएक चिसिएको हल गरमागरम भयो । मिठो स्वरकी धनी मुनाले वजारमा आउनै लागेको आफ्नो नयाँ एल्वमको गितको टुक्का डाँडै पिपल भाच्यो हुरीले छैन शितल बाट आफ्नो प्रस्तुती सुरु गरिन् । सुरुमा उनले स्लो गित गाईन् । चिस्सो चिस्सो हावा सररर रुमाल फरर चर्चित गित गाईरहदा चिसो हावाले पनि साथ दिएको थियो । यस्तै छ यो संसारको रित हैन छैन भन्दिन पिरती लाकै हो मैले तिमी सित धोको फेरी रुन्छु र जाउ भन्छु बाटो छेक्दीन जस्ता चर्चित गित गाईन् । तिते करेली तिते करेली दर्शकदिर्घाबाट एकोहोरो आवाज आयो उनले यो गित नगाई सुखै पाइनन् र गाईहालिन् पनि मुखै तितो बनायो तित्ते करेलीले मलाई लठै बनायो झिम झिम परेलीले यो भाकामा महिला पुरुष जुरुक्क उठी अरुको कुनै प्रवाह नगरी नाच्दै गाउनमा पनि उनलाई साथ दिए । हावा चल्यो सरर डाँडैको वर मायालुको सरररर रुमालै फररर यो गितको भाकामा पनि दर्शकहरु उठ वस गरी नाचे तन्नेरी ठिटाहरु भने रुमाल गितसंगै फरफराई रहेका थिए । पाचेवाजाको प्रस्तुतिमा दर्शकहरु स्टेजमानै पुगी वाजाको तालमा नाचे । करिव आधा घण्टाको प्रस्तुतीपछि उनी स्टेजबाट ओझेल परीन् । शिरमा कालो टोपीमा छड्के नेपाली चन्द्रसुर्य झण्डा कछाड कम्मरमा छड्के भाङग्रा मगर पहिरनमा नेपाल टेलिभिजनबाट प्रसारण हुने घम्सा घम्सी दोहोरीका कार्यक्रम साचालक तथा गायक दिपसागर मगर स्टेजमा देखा परे । केई भनेकै थिईन तिमी विना वाच्दिन भन्थेउनी बोल्नै छोड्यौ किन घुमाउने घर पोतेको कमेरो मयाा त्यतै छ मेरो चौतारीको वर पिपल सितल छायाँलाई यो लर्के जोवन दिउला मायाँलाई आदी गितहरु गाएर मुनासंग दोहोरी गाउने वाचा गरी ओझेल परे । उनको प्रस्तुतीमा पनि दर्शकहरुको हुटिङ्ग उत्तिकै थियो ।
सास्कृतिक कार्यक्रमको अन्त्य तिर फेरी मुना र दिपसागर स्टेजमा झुल्के । यसपाली भने उनीहरु आफ्नो वाचा पुरा गर्दै थिए । तितेकरेलीको भाकामा मायाँमा चोटाऔ यो मुनालाई कोलान्छ हात उठाउ प्राय अविवाहित देखिने यूवाहरुले हात उठाएर म लान्छु है भन्दै थिए भने मुनाभने विवाहको कुरा गितबाट गर्दै थिईन् ढल्यो उमेर यति पिर लाछैन यसपाली विहे नगरी भाछैन साच्चैनै एकैक्षण दोहोरीको घम्साघम्सीनै चलेको थियो । दर्शकहरु भने मुनालाई प्रवासमानै राख्ने दाउमा थिए । दिउस ३ बजे देखि भरिभराउ हल साँझको १० वज्दा पनि उत्तिकै थियो ।
स्थानिय कलाकार भुवन िसंह थापा मगर र ताराबहादुर थापा मगरको नेपालको संविधान भाग २ हास्य प्रस्तुतीले दर्शकहरुलाई हसाएको त थियो नै तर देशको अहिलेको यथार्थ चित्रण पस्केकोमा कहिले परिवर्तन आउनेहोला देशमा भन्दै प्रवासी नेपालीहरु चिन्तित पनि देखिन्थे । उनको हास्य प्रहसनलाई उपस्थित दर्शक तथा अतिथिहरुले खुलेर प्रशंसा गरे ।
स्थानिय कलाकार दिपक पुन मगर भुवन थापा सपना थापा स्याम तमु चुमन काउछा मगर रुपा थापा रिजन थापा मेख थापा कमल थापा चन्दा थापा ईन्दिरा आले आदीले रिमिक्स सोरठी चुड्का आदिमा नृत्य प्रस्तुत गरेका थिए भने चुमन काउछा मगरले आफ्नै एलवमको गित गाएका थिए ।
मगर समाज यूएईका अध्यक्ष नुनप्रसाद सोमाई मगरको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नेपाली राजदूतावास यूएईका का।वा राजदूत दिपक अधिकारीको प्रमुख आतिथ्य तथा जनजाति महासंघका अध्यक्ष गिरमान थापा मगरको विषेश आतिथ्य रहेको थियो । यूएईमा रहेका विभिन्न संघ संस्थाका प्रतिनिधीहरुले अतिथिको आसनग्रहण गरेका थिए । पहिलो चरणको कार्यक्रम भरतराना मगरले साचालन गरेका थिए भने दोश्रो चरणको सास्कृतिक कार्यक्रम धनेन्द्र मास्की मगर तथा ईन्दिरा मगरले गरेका थिए । कार्यक्रममा मन्तब्यद्धारा ज्ञान बहादुर थापा मगरले आगन्तुक अतिथि तथा दर्शकहरुलाई स्वागत गरेका थिए भने कलाकारहरुले स्वागत गितबाट स्वागत गरेका थिए । ३० औं मगर दिवस भएको हँदा ३०वटा दिप प्रज्वलन गरि कार्यक्रमको उद्धघाटन गरिएको थियो भने प्रथम सहिद लखन बहादुर थापाको तस्विरमा माल्यापर्ण पनि गरिएको थियो । मगरसंघ अबुधावी क्षेत्रिय समिति तथा दुवई क्षेत्रिय समितिका अध्यक्ष नेपाली समाजका अध्यक्ष प्रमुख अतिथि विषेश अतिथि तथा कार्यक्रमका सभापतिले शुभकामना मन्तब्य व्यक्त गरेका थिए । कार्यक्रमको संयोजक भरतराना मगरले गरेका थिए । संघलाई विषेश योगना पुर्याउने जंग बहादुर थापा मगर तथा आमन्त्रित कलाहारहरुलाई विषेश अतिथि तथा प्रमुख अतिथिको हातबाट प्रशंसापत्रद्धारा सम्मान पनि गरिएको थियो । उपस्थित दर्शकहरुलाई चिठ्ठाको व्यवस्था पनि गरिएको थियो ।
Don't Miss
© all rights reserved
made with by netKUTI