Responsive Ad Slot

latest

कतारमा तमू भेलाको तयारी पुरा I

Monday, February 20

/ by Admin BHOLA THAPA
२० फेबु्रअरी २०१२,
दोहा, कतार ।

कतारवासी तमूहरुको साझा संस्था तमू बौद्ध सेवा समिति कतारले यहि आउने शुक्रवार २४ फेबु्रअरीका दिन आयोजना गर्ने तमू भेलाको तयारी पुरा भएको जनाएको छ । विशेषतः नया“ कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई प्रशिक्षण दिने भेलाको मुख्य उद्धेश्य रहेको छ । संस्थाको सांगठानीक सुदृढीकरणका लागि आन्तरिक प्रशिक्षण आवश्यक भएकोले नै यो भेला आयोजना गरिएको कुरा अध्यक्ष बिमल तमू बताउनु हुन्छ । साथै उक्त भेलामा समिति अन्तर्गत गठीत विभिन्न शाखा संस्थाहरु सार्वजनिक गरिने जनाईएको छ ।

समितिको संरक्षकत्वमा स्थापित तमू सांस्कृतिक परिवार र तमू खेलकुद समिति गठन भै सकेका छन् । यि दुई शाखा संस्थाहरुले कतारमा विभिन्न समयमा उत्कृष्ट कार्यक्रमहरु सञ्चालन गरि सकेका छन् । यि संस्थाहरुलाई आउने दिनमा अझ शसक्त बनाउन पनि यो भेलाको आयोजना गरिएको अध्यक्ष तमू बताउछन् ।

त्यसै गरि नेपालका विभिन्न भागबाट बैदेशिक रोजगारको शिलसिलामा कतारमा कार्यरत तमू र तमूस्योहरुलाई कृयाशिल बनाउन थप शाखा समितिहरु गठन गरिएको छ । कतारमा कार्यरत तमूस्योहरुलाई समेटनको लागि समितिले महिला विभाग गठन गरेको छ । त्यसरी नै नेपाललाई पुर्वाञ्चल र पश्चिमाञ्चल गरि दुई भागमा विभाजन गरि उक्त क्षेत्रका तमूहरुलाई समेटनको लागि पुर्वाञ्चल सम्पर्क समिति र पश्चिमाञ्चल सम्पर्क समिति पनि गठन गरिएको छ । समितिका नव गठीत सबै शाखा समितिहरुको पुर्ण समिति यहि आउने भेलामा सार्वजनिक गरिने कार्यक्रम छ ।

अध्यक्ष बिमल तमूका अनुसार प्रशिक्षणको लागि निर्देशक सल्लाहकार बुधबल तमूको नेतृत्वमा एक छुट्टै समिति तयार गरिएको छ । यस कार्यकालको पहिलो प्रशिक्षण संस्थाको सांगठानीक सुदृढीकरणमा केन्द्रित हुने छ । आगामी दिनमा तमू जातीसंग सम्बन्धित जाती, भाषा, भेषभुषा, संस्कृति, परम्परा लगायत विषयहरुमा क्रमशः प्रशिक्षणको व्यवस्था मिलाईने कार्यक्रम रहेको अध्यक्ष तमूले बताएका छन् ।
Don't Miss
© all rights reserved
made with by netKUTI