Responsive Ad Slot

latest

अष्ट्रेलियन विदेशमन्त्रीद्वारा राजीनामा I

Wednesday, February 22

/ by Admin BHOLA THAPA

एजेन्सी,
फागुन १०-अष्ट्रेलियाका विदेशमन्त्री केविन रुडले राजीनामा दिएका छन् । प्रधानमन्त्री जुलिया गिलार्डको समर्थन प्राप्त नभएपछि मन्त्री भएर आफूलाई काम गर्न आसहज भएकाले राजीनमा दिएको उनले बताएका छन् ।
प्रधानमन्त्री जुलिया गिलार्डसँग पार्टी नेतृत्वको मुद्धामा खटपट भएको प्रसंग सार्वजनिक भइरहेको समयमा विदेशमन्त्रीले राजीनामा दिएका हुन् । अमेरिकी विदेशमन्त्री हिलारी क्लिन्टनसँग भेटवार्ता गरेपछिको पत्रकार सम्मेलनमा रुडले राजीनामा दिएको वीवीसीले जनाएको छ ।

अष्ट्रेलियामा पछिल्ला दिनमा लेवर पार्टी र प्रधानमन्त्री गिलार्डको लोकप्रियतामा कमी आउनुको साथै पार्टीमा नेतृत्वको विषयलाई लिएर विवाद रहदै आएको छ । २०१० को जुनमा गिलाडले तात्कालीन प्रधानमन्त्री रुडलाई हटाई आफु प्रधानमन्त्री बनेकी थिइन् ।
Don't Miss
© all rights reserved
made with by netKUTI