Responsive Ad Slot

latest

बर्दियाको भुरीगाँउमा संचालित महायज्ञको छौठौँ दिनमा झण्डै डेढ करोड I

Wednesday, February 22

/ by Admin BHOLA THAPA

माधव चौधरी,
बर्दिया फागुन १० गते ।
बर्दियाको भुरीगाँउमा क्याम्पसको भवन निर्माणका लागि श्रीमद्भागवत् ज्ञान महायज्ञ एवम् धनधान्यान्चल पर्वको हिजो छैठौँ दिनसम्म झण्डै डेढ करोड सङ्कलन भएको छ । आर्थिक सङ्कटले गर्दा भुरीगाँउको निकुन्ज मध्यवर्ति बहुमुखी क्याम्पसको भौतिक संरचना निर्माण हुन नसकेको भन्दै गत ४ गतेदेखि सुरु भएको महायज्ञमा आज १ करोड ४६ लाख सङ्कलन भएको हो ।
आर्थिक स्रोतको अभावमा क्याम्पसको भवन बन्न नसकेपछि भवन निर्माणका लागि आर्थिक जुटाउन क्याम्पसमा महायज्ञ संचालन गरिएको क्याम्पस सन्चालक समितीका अध्यक्ष लक्ष्मिकान्त खनालले बताउनुभयो । महायज्ञबाट झण्डै १ करोड २५ लाख रुपैया सङ्कलन हुने महायज्ञ मूल आयोजक समितिले अपेक्षा लिएको थियो ।
Don't Miss
© all rights reserved
made with by netKUTI