रूस महासंघका लागि नेपाली राजदूत महामहिम श्री सूर्यकिरण गुरूङ आफ्नो कार्यकाल समाप्त गरी छिटै स्वदेश फर्किनु हुदैछ । यस सन्दर्भमा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् रूसले राजदूत-दम्पतिको सम्मानमा गर्न लागेको बिदाई समारोहमा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् रोमानियाको तर्फबाट एक हार्दिक कृतज्ञता ज्ञापन पत्र पठाउने निर्णय गरेको छ। सन् २००७ को २६ नभेम्बरदेखि नेपाली राजदूतावास मस्कोमा आई हालै आफ्नु कार्यकाल पुरा गर्नु भएका महामहिम राजदूत श्री गुरूङले रूस महासंघलाई मात्र आफ्नो कार्यस्थल नठानी दूताबासबाट सह प्रमाणीकरण भएका मुलुकहरू तथा आबश्यक परेको समयमा हेर्ने भनिएका छिमेकी नौवटा मुलुकहरूमा रहेका नेपालीहरूको सुरक्षा तथा सुबिधाका लागि सम्बन्धित मुलुकहरूसंग रहि आएको मैत्रीपूर्ण सम्बन्धलाई अझ प्रगाढ, मजबुत तथा समय सापेक्ष बनाई देशको अत्याधिक हितमा उपयोग गर्नु अति आबश्यक रहेको कुरा ठान्नु भएको जानकारी प्रस्ट देखिएको छ ।
विगत ४ वर्षको उहाँको मास्को बसाइँकालमा नेपाली राजदूतावासमा सम्पन्न गरिएका विभिन्न कार्यक्रमहरूका साथ साथै उहाले रोमानियाको बस्तु स्थिति अध्ययनका लागि बिभिन्न समयमा उप नियोग प्रमुखज्यूहरू अच्युत् भक्त पौडेल र गहेन्द्र राजभण्डारीलाई रोमानिया पठाई यहाँ रहेका नेपालीहरूको हितको निमित्त पहल गर्ने कार्यमा निरन्तर प्रयासरत् रहनु भएको कुरा ज्यादै प्रशंसनीय छ ।
सन् २००७ सालमा यूरोपियन यूनियनको सदस्यता प्राप्त गरेको रोमानियामा अध्ययन, रोजगार तथा ब्यापारको लागि आउने नेपालीहरूको संख्या दिन प्रति दिन बढी रहेको छ ।यसै सिलसिलामा गत बर्ष करिब २०० जना नेपालीहरूले रोमानिया प्रबेस गरेका थिए । नेपाली दलालहरूको ठगीमा परि बिचल्लीमा परेका करिब ८० जना नेपाली कामदारहरूलाई रोमानियाबाट सकुशल नेपाल फर्काउन महामहिम राजदूत श्री सूर्यकिरण गुरूङज्यूको सहयोग बिना असंभब नै थियो ।यस कार्यको सफलताका लागि म नवराज पोखरेल गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् रोमानियाको अध्यक्षको नाताले महामहिम राजदूत श्री गुरूङज्यू प्रति हार्दिक धन्यबाद ज्ञापन गर्न चाहन्छु । यसका अतिरिक्त बिदेशमा बस्ने नेपालीहरूका सुरक्षा तथा सुबिधालाई मध्यनजर राख्दै महामहिम राजदूतज्यूले दूताबासबाट सह प्रमाणीकरण भएका बिभिन्न मुलुकहरूमा अवैतनिक नेपाली वाणिज्य दूताबासहरूको स्थापना गर्न नेपाल सरकारप्रति अनुरोध गर्नु भएको मनसाय ज्यादै सर्हानिय कुरा छ ।
आफ्नो कार्यकालमा महामहिम राजदूत सूर्यकिरण गुरुङले हामी रोमानियामा रहेका नेपालीहरूलाइ अति नै माया र सद्भाव दिनुभएको थियो । एक जिम्मेवार नागरिक र राजदूतको हैसियतले कार्यकाल पूरा गरि नेपाल फर्कन लाग्नु भएका महामहिम राजदूत श्री गुरूङज्यू प्रति हामी सबैको हृदयमा एउटा राम्रो छाप लागेको छ । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् रोमानियाको तर्फबाट उहाको भविष्यको हार्दिक सफलताको कामना गर्दछु ।
नवराज पोखरेल,
अध्यक्ष,
गैरआवासीय नेपाली संघ,
बुखारेस्ट, रोमानिया ।
अध्यक्ष,
गैरआवासीय नेपाली संघ,
बुखारेस्ट, रोमानिया ।