Responsive Ad Slot

latest

अग्रेजी भाषा शिक्षकको चितवनमा सम्मेलन I

Wednesday, February 22

/ by Admin BHOLA THAPA

धु्रवराज खनाल,
चितवन, फागुन १० गते ।
नेपाल अंग्रेजी भाषा शिक्षकहरुको संगठन नेल्टाको १७ औं सम्मेलन आजदेखि चितवनमा सुरु हुदैछ । सम्मेलनका लागी देशभरका अग्रेजी भाषा शिक्षक र अन्तराष्ट्रिय स्तरका विषेशज्ञहरु चितवन आईसकेका छन ।
स्मल हेभेन स्कुल कल्याणपुरमा हुने सम्मेलनमा १७ राष्ट्रका विषेशज्ञहरुबाट ९० शिर्षकमा कार्यपत्र प्रस्तुत गरिने नेल्टा चितवनका अध्यक्ष वटुकलाल तामाङले जानकारी दिनुभयो । अग्रेजी भाषाका शिक्षकहरुको वृद्धि विकासमा सम्मेलन महत्वपुर्ण रहने अध्यक्ष तामाङले जानकारी दिनुभयो ।

सम्मेनमा पुर्व प्राथमिक, प्राथमिक, निम्नमाध्यमिक, माध्यमिक, उच्च माध्यमिक, क्याम्पस तथा विश्व विद्यालय तहका अग्रेजी भाषा शिक्षकहरु, अग्रेजी भाषा शिक्षाका विद्यार्थी, पाठ्यपुस्तक लेखकहरु गरि ६ सयको हाराहारीमा सहभागीता रहने छ ।

Don't Miss
© all rights reserved
made with by netKUTI