तनहुँ फागुन १५ गते ।
पृथ्वी राजमार्ग अन्र्तगत तनहुँको व्यास नगरपालिका वडा नम्वर १ तालघरेमा जन्ती लिएर पोखरा आउदै गरेको जीप दुर्घटना भएको छ । दुर्घटना मा ६ जना घाइते भएको छन ।
धादिङ जिल्लाको साङकोष गाविस वडा नम्बर १ पचघरेबाट जन्ती लिएर पोखरा आउदै गरेको ग १ च ७२२१ नम्बरको जीप अनियन्त्रित भई सडक छेउमा पल्टिंदा दुलहाको दिदी र मामालगायत अरु घाइते भएका छन्
दुलहा भने सकुशल रहेका छन् । घाइते मध्य ५ जनाको रत्नहरी मेमोरियल अस्पताल तनहुँमा उपचार भैरहेको छ भने गम्भिर घाइते धादिङको पिडा गाविस आदमघाटकी २२ वर्षिय अम्बिका कार्कीलाई थप उपचारको लागि पोखरा मेट्रोसिटी अस्पतालमा लगिएको जानकारी पाईको छ ।
घाइते हुनेहरुमा २२ वर्षिय पार्वती भण्डारी, २६ वर्षिय रामकृष्ण अधिकारी, २५ वर्षिय सम्झना भण्डारी, २८ वर्षिय विष्णु बास्तोला र ५३ वर्षिय शकंर अधिकारी रहेको प्रहरीले जनाएको छ ।