एजेन्सी माघ २६
अमेरिकाको वासिङ्टन शहरमा संमलीङ्गी विवाहलाई वैधानिक दिन एक विधेयक पारित गरिएको छ । हालै वासिङ्टनमा पारित भएको विधेयकमा अर्को हप्तासम्म त्यहाँका गर्भनरले हस्ताक्षर गर्ने बुझिएको छ । हस्ताक्षर पछि आगामी जुन महिना सम्ममा यो विधेयक नयाँ कानुनको रुपमा आउने छ ।
केहि समयमा लागु हुन लागेको विधेयकको केही भने विरोध गरेका छन् । यस अघि हिजो मात्रै अमेरिकाको क्यालीफोर्नियाको एक अदालतले समलिङ्गी विवाहमाथि लगाइएको प्रतिबन्ध फुकुवा गरेको थियो । यी बाहेक अमेरिकाको न्यूयोर्क, आयोवा लगायत ७ वटा राज्यले समलिङ्गी विवाहलाई वैधानिक मान्यता दिइसकेको छ । अर्को हप्ता न्यू जर्सीमा पनि यस विधेयकमाथि मतदान हुनेछ ।