Responsive Ad Slot

latest

माग सम्वोधन गरेर वाईसीएललाई थप व्यवस्थित गर्ने माओवादी निष्कर्ष I

Saturday, February 25

/ by Admin BHOLA THAPA
काठमान्डौ,
फागुन १३ गते ।
एकीकृत नेकपा माओवादीले योङ कम्युनिष्ट लिग (वाईसीएल) लाई पार्टीको शक्तिका रुपमा स्थापित गर्ने निस्कर्ष निकालेको छ । बिहान अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई र वाईसीएलका अध्यक्ष गणेशमान पुन सहितको बैठकले वाईसीएलमा देखिएका असन्तुष्टीलाई तत्काल सम्वोधन गरेर पार्टीको एउटा शक्तिका रुपमा स्थापित गर्ने निष्कर्ष निकालेको हो । त्यसका लागि तत्काल पार्टीको स्थायी समिति बैठक गरेर औपचारीक निर्णयमा पुग्ने सहमति भएको छ । 

वाईसिएललाई व्यवस्थित गर्नको लागि उनीहरुका मागलाई संवोधन गर्ने र त्यसका लागि स्थायी समितिको बैठक वोलाउने सहमति पनि बैठकमा भएको छ । वाईसीएलले माओवादी लडाकु सरहको सेवा र सुविधा पाउनु पर्ने माग गर्दै आएको छ ।
Don't Miss
© all rights reserved
made with by netKUTI