Responsive Ad Slot

शहिद कृष्णप्रति राज्यले सम्मान नगरेको परिवारको गुनासो I

Monday, February 20

/ by Admin BHOLA THAPA

तनहुँ
(दुलेगौंडा) फागुन ८ गते ।
शहिद कृष्णप्रसाद पौडेलप्रति राज्यले उचित सम्मान गर्न नसकेको उहाँको परिवारले गुनासो गरेका छन् । रेडियो ढोरवाराहीका स्टेशन म्यानेजर तेजप्रसाद वाग्लेसँग कुरा गर्दै शहिद कृष्णकी पत्नी सिता पौडेलले सरकारले जथाभावि शहिद घोषणा गरेको र वास्तविक शहिदप्रति सम्मान गर्न नसकेको गुनासो गर्नुभएको हो । पौडेल प्रजातन्त्र पुर्नस्थापनाको लागी भएको २०४६ सालको जनआन्दोलनमा गण्डकी अञ्चलकै एकमात्र शहिद हुनुहुन्थ्यो । तत्कालिन राज्यपक्षले २०४६ फागुन ७ ढोरफिर्दी ३ साउनडाँडामा आक्रमण गरेको थियो भने फागुन ८ गते अर्थात आजकै दिन उहाँको पश्चिमाञ्चल अस्पतालमा निधन भएको थियो ।
यसैविच,शहिद कृष्णको सम्झनामा अद्धैध संस्थाको आयोजनामा ढोरफिर्दी ३ पाटनमा एक कार्यक्रम सम्पन्न भएको छ । शहिद कृष्णकी आमा टेकीमाया पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा शहिद पत्नी सिता पौडेल,छोरा शशि पौडेल कांग्रेसका क्षेत्रिय सभापति महेश्वर भटराई लगाएतले वोल्नुभएको थियो । कार्यक्रममा शहिद कृष्णको शालिकमा फुलमाला लगाएर श्रद्धाञ्जली व्यक्त गरेका थिए । कार्यक्रमको संचालन तरुण दलका जिल्ला सदस्य यामप्रसाद भटराईले गर्नुभएको थियो ।

कार्यक्रममा कमलापति भटराई,वेगवहादुर खड्का,पदमराज लामिछाने,खेमलाल पौडेल,हुमनाथ अधिकारी,धर्मागत सुवेदी लगाएतले शहिदको शालिकमा माल्यापर्ण गर्नुभएको थियो ।
Don't Miss
© all rights reserved
made with by netKUTI