Responsive Ad Slot

latest

माडी घटनामा संलग्न ९ जना नियन्त्रणमा I

Tuesday, February 21

/ by Admin BHOLA THAPA

नारायण सापकोटा
चितबन फागुन ९ गते ।

बोक्सीको आरोपमा हत्या गर्ने घटनामा संलग्न भएको आरोपमा जिल्ला प्रहरी कार्यालय चितवनले ९ जनालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा पर्नेहरु अधिकाङ मृतकका आफन्तहरुनै छन् । बघौडा गाविस वडा नं. ६ की २३ वषिया मञ्जु महतो, मृतकका ज्वाई नाता पर्ने बघौडा वडा नं. २ का विक्रम महतो, वडा नं. ६ का अर्को विक्रम महतो, वडा नं. २ की २० वर्षिया सञ्जु महतो, वडा नं. २ का १८ वर्षिय कृष्णमहतोलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले भारतीय नागरिक माडी बघौडामा बस्दै आएको झाक्री जागेश्वर महतोलाई समेत नियन्त्रणमा लिएको छ । अन्य दुईजना आरोपीहरु फरार छन् । फारारहुनेमा पशुपतिया महतो र २५ वर्षिया लक्ष्मी महतो रहेकी छिन् । उनीहरुलाई कावार्हीको प्रक्रिया अगाडी बढाइएको प्रहरी प्रमुख भुपाल कुमार भण्डारीले जानकारी दिनुभयो ।

Don't Miss
© all rights reserved
made with by netKUTI