हङकङ – खोटाङ समाजले १५ औँ वार्षिक उत्सव मनाइएको छ । फ्रेब्रअरी ५ तारिकका दिन खोटाङ समाज हङकङले चुनमुन ९थुनमुन० बटरफ्लाई विचमा पुरुष भलिबल खेल खेलाई वार्षिक उत्सव मनाएको हो ।
जम्मा ९ टिमले सहभागिता जनाएको यस खेल पोल ए बाट पाथिभारा, संखुवासभा, स्याङजा, ताउलेक समाज, गान्ध्रुक रहेका थिए पाथिभारालाई हराउदै ताउलेक समाजले सेमिफाईनल काटदै फाईनलमा पुगेका थिए भने पोल बी बाट बाग्लुङ, पुन क्लव, खोटांङ र पर्वत रहेका थिए । सेमिफाईनलमा पुनले पर्बतलाई हराउदै फाईनल प्रबेश गरेका थिए ।
बेष्ट अफ फाईब खेलाईएको उक्त खेलमा पुन क्लबले विजय हात पारेका थिए । उत्कृष्ट खेलाडी भने ताउलेक समाजका सुर्य बहादुर गुरुङ घोषित भएका भए ।
कार्यक्रमको अन्तमा छोटो औपचारिक कार्यक्रम गरियो । कार्यक्रममा सस्थाका अध्यक्ष सुबास राईको अध्यक्षता र प्रमुख अतिथिमा हङकङका संघसस्थाको छाता संगठन हङकङ नेपाली महासंघका अध्यक्ष प्रतिप थापामगर रहेका थिए । अन्य अतिथिहरुमा पर्बत मञ्चका अध्यक्ष बिषन गुरुङ,भारतीय गोर्खा भुपु सैनिक संघका उपाध्यक्ष जजिन चाम्लिङ,किरात राई यायोक्खाका सचिव पिताम्बर राई,तमु ट्यो ह्युलका उपाध्यक्ष रिता गुरुङ , सल्हाकारहरु किन्दर राई, बसन्त कुमारी राई, सिके गुरुङ,शशिमदन राई, रेफ्रिहरु जय नारायण चौधरी, लालकाजि राना, प्रकास गुरुङ, बिष्णु गुरुङ, नबिन राई रहेका थिए ।
उत्कृष्ट खेलाडिलाई प्रमाणपत्र र नगद सल्हाकार बसन्त कुमारि राईले हस्तान्तरन गरेका थिए भने र उपविजेता टिमलाई समाजका अध्यक्ष सुबास राईले र विजेता टिमलाई प्रमुख अतिथिले नगद, ट्रफि र प्रमाणपत्र क्रमस ४४४४ र ६६६६ हङकङ डलर प्रदान गरिएको थियो ।
ट्रफि महासंघले प्रायोजन गरि दिएको थियो । खेल बिभाग प्रमुख तथा समाजका उपाध्यक्ष अधिराज राई “प्रकाश’ ले स्वागत मन्तब्य दिएको थियो भने सचिव मोहन गुरुङले सञ्चालन गरेका थिए । कार्यक्रमको अफिसियल मिडिया मूलबाटो डटकम र सपोटेड मिडियामा नेप्सटाईम डटकम र जेपिटिएचके डटकम रहेका थिए । समाजका अध्यक्ष सुबास राईको अनुसार यो खेल बर्षेनि गरिने पनि जानकारि गराएका छन ।