काठमाण्डौ, फागनु १० गते ।
सरकारले लगेका कुनै बिधेयक पारीत नगरी संसदको १० औ अधिबेसन अन्त्य भएको छ । लामो समय अधिबेसन चलेपनि शान्ती प्रक्रिया र संबिधान निमार्णका कुनै बिषयमा संसदले काम गर्न सकेन । कतिपय महत्वका बिधेयक रहेपनि दर्जन हाराहारीका कुनै पनि बिधेयक पारीत भएनन् । सरकार र प्रतिपक्षका बिचमा भएका बिबाद र अवरोधमै अधिबेसन अन्त्य भएको छ ।
प्रधानमन्त्री डा बाबुरा भट्टराईले राष्ट्रपति समक्ष अधिबेसन अन्त्य गर्न आग्रह गरेपछि राष्टपति डा रामबरण यादवले हिजो संसद अन्त्य गर्न पठाएको पत्र पढ्दै सभामुख सुभास नेम्वाङ्गले अधिबेसन अन्त्य भएको घोषणा गनु भएको थियो । सरकारले सुर्पुदगी सन्धी, सम्पती सुद्धीकरण ऐन, बिधुत महसुल बृद्धि गर्न परीवतर्न गर्न लागीएको ऐन लगायतका १३ भन्दा बढि बिधेयक संसदमा पेस गरेको थियो ।
हिजो अपरान्ह बसेको संसद बैठकमा प्रतिपक्षी दलको जवाफ दिदै उपप्रधान तथा गृहमन्त्री बिजयकुमार गच्छेदारले फागुन ७ गते मनाईदै आईएको प्रजातन्त्र दिवस नमानाएको प्रति गल्ती स्वीकार गर्दै सीराहामा मारीएका एमाले कार्यकर्ता रामस्वरुप पासवानको परीवारलाई १० लाख दिने जनाए लगतै अधिबेसन अन्त्यको घोषणा गरीएको थियो ।