Responsive Ad Slot

latest

कतार पुग्यो 'मिस यू' I

Monday, February 6

/ by Admin BHOLA THAPA
आगामी शुक्रबार कतारको दोहामा हुन लागेको चलचित्र 'मिस यू' को ग्राण्ड प्रिमियरका लागि फिल्मीखबर डटकमका प्रधान सम्पादक सुमन गैरे कतार पुगेका छन् । आईवार साँझको विमानबाट उनी कतार उडेका हुन् ।


कतारको समय अनुसार राति १ बजे तिर ल्याण्ड भएका सुमन शुक्रबार दोहाको गल्फ सिनेमा हलमा हुने 'मिस यू' को प्रिमियरमा सहभागी भई दर्शकको प्रतिक्रिया लिनेछन् । अधिकांश दर्शकको प्रतिक्षाको चलचित्र बनेको 'मिस यू' लाई पहिलो पटक कतारमा स्क्रिनिङ गर्न लागिएको हो । कतारको रिलिजसँगै यो चलचित्र नेपालमा फेब्रुअरी १७ तारिखका दिन रिलिज गरिंदैछ भने अष्ट्रेलिया र युरोपमा पनि फेब्रुअरी महिनामा नै रिलिज गरिंदै छ ।

कतारमा ठूलो संख्यामा नेपालीहरू रहेकाले 'मिस यू' को स्क्रिनिङ सफल हुनेमा बिदेश बिभाग प्रमुख समेत रहेका गैरे बिश्वस्त छन् । उनी भन्छन्, 'मलाई आशा छ 'मिस यू' कतारमा सफलताका साथ प्रदर्शन हुनेछ ।' सुरेश दर्पण पोखरेलले निर्देशन गरेको उक्त चलचित्रमा नम्रता श्रेष्ठ, दिलिप रायमाझी र बरूण राणा प्रमुख भुमिकामा छन् । नायक दिलिप रायमाझीले निर्माण गरेको चलचित्र 'मिस यू' तीन साथीहरू बिचको प्रेमकथामा आधारित चलचित्र हो ।
Don't Miss
© all rights reserved
made with by netKUTI