काठमान्डौ,
फागुन १० गते ।
नेकपा एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपाध्यक्ष तथा प्रधानमन्त्री डा बाबुराम भट्टराईबीच आज भेटवार्ता भएको छ । लाजिम्पाटस्थित प्रचण्ड निवासमा भएकोे भेटवार्तामा शान्ति र संविधान चाँडो निष्कर्षमा पु¥याउने विषयमा छलफल भएको प्रचण्डका नीजि सचिवालयले जनाएको छ ।
भेटमा अध्यक्ष प्रचण्डले राष्ट्रिय सहमतिको सरकार गठनमा पहल गर्नुपर्ने भन्दै त्यसका लागि भट्टराईलाई पहल गर्न आग्रह गर्नुभएको थियो । प्रधानमन्त्री भट्टराईले शान्ति प्रक्रियालाई चाँडै निष्कर्षमा पु¥याएर संविधान निर्माण गर्न राष्ट्रिय सहमतिको सरकार गठनका लागि आफू प्रतिबद्ध रहेको जानकारी गराउनु भएको थियो