
पवित्र , सत्य प्रेम सहनशील हुन्छ , दयालु हुन्छ ,प्रेमले डाह गर्दैन ,न शेखी गर्छ |प्रेमले आफ्नै कुरामा जिद्दी गर्दैन , झर्को मान्दैन , खराबीको हिसाब राख्दैन |प्रेम खराबीमा प्रशन्न हुदैन तर ठिक कुरामा रमाउछ |प्रेमले सबै कुरा सहन्छ , सबै कुराको पत्यार गर्छ , सबै कुरामा आशा राख्छ अनि स्थिर रहन्छ ! प्रेमको कहिल्यै अन्त्य हुदैन !यसरी प्रेमलाई परिभाषित गरिएको छ बाइबलमा |
हो , ठीक यस्तै प्रेम मैले प्रताप गुरुङ सँग गरें ! आज मैले चालेको यो कदममा सबेको अलग अलग सम्झाई बुझाई होला तर यो कदम र यो बाटोमा हिड्न पनि मलाई ऊ प्रतिको साँचो प्रेमले उत्प्रेरित गरायो !म राम्ररी जान्दछु , साँचो प्रेममा त्याग हुन्छ र साँचो प्रेम गर्नेले प्राप्तिको आशा राख्दैन , बदलाको भाव राख्दैन तर प्रेमको परिभाषामा म एक अर्को कुरा थप्न चाहन्छु साँचो प्रेम गर्नेले आफ्नो प्रेमीलाई यसरी खराब नियत लिएर कुमार्गमा कुकर्म गर्दै हिडेको पनि त हेर्न सक्दैन | के त्यो गलत प्रेमीलाई सही बाटोमा ल्याउनको निम्ति आवश्यकीय कदमहरु चालिनु साँचो प्रेम गर्नेको कर्तव्य हुन आउदैन र ?
प्रताप गुरुङ र मेरो प्रेमको सुरुवात फेसबुकबाट भयो ! फेसबुकमा उसले उसको सम्बन्ध स्थिति डीवोर्स लेखेको थियो !हामीबीच कुरा हुँदै जाँदा उसले सुरुमै इमान्दारी पुर्वक उसको श्रीमतीले नै उसलाई डीवोर्स दिएको यस्तै दुखद कहानी सुनायो र उसको आठ वर्षको छोरा समेत श्रीमतीले नै राखेको कुरा पनि सुनायो साथै आफ्नो छोराको बारेमा पनि सोच्ने एक असल जीवनसाथीको खोजीमा रहेको सम्म कुरा राख्यो !
हामी दिनदिनै च्याटिंग गर्थ्यौ फेसबुक मार्फत र एकअर्का सँग दुखसुखका सबै सबे कुरा गर्थ्यौ गर्दा गर्दा हाम्रो मित्रताले प्रेमको रुप लियो , एकार्कासंग नबोले मनमा एक किसिमको बेचेनी हुने गर्थ्यो , ऊ पनि मोबाइलबाट घन्टौ मलाई फोन गर्थ्यो र म पनि तर ऊ अति धेरै फोन गरेर पैसा सक्थ्यो ! एकअर्कासँग मनमिली सकेपछी प्रतापले फेसबुकबाट नै इन्गेज गर्ने अनुरोध गर्यो र मैले पनि स्वीकार गरें , अप्रिल सात तारिख २०११ मा फेसबुक मार्फत नै इन्गेज गरेउ !
त्यस पश्चात एकार्काको परिवारसंग पनि हामी परिचित हुदै गयौ !र कहिले बिहे गर्ने ? के गर्ने भनी भविष्यका योजनाहरु बनाउन थाल्यौ !हामी धेरै मतलब म धेरै खुशी थिएँ प्रतापलाई पाएर ! हेर्दा राम्रो पनि , शिक्षित ,आफ्नै जात पनि , एकपटक धोका पाइसकेको समझदार केटा पाउँदा ! हामी एकार्कालाई धेरै इज्जत गर्थ्यौ कहिले तिमी सम्म भनेर न उसले सम्बोधन गर्थ्यो नाही म गर्थे ! अति अनौठो मिठो प्रेम बढिरह्यो हामी बीच , शंका को कुनै ठाउ दिएन उसले !एकदिन उसको दिदीले चितवनमा जग्गा किन्न लागेको भन्दै २ लाख रुपियाँ सापटी माग्यो म सँग तर मैले मसँग पैसा छैन भन्दा निकै मन दुखाएर भनेको थियो कि मैले हामी दुइ एकअर्काको यती नजिक भैसकेर पनि ऊ माथि बिश्वास गरिन भन्दै !
२,३ दिन कुरा भएन अलिअलि भनाभन भयो पैसाको लागी हामी बीच तर पछी उसैले फोन गरेर मलाई सम्झायो ! कहिलेकाही झगडा हुन्थ्यो फेरि एकअर्कालाई मनाइ हाल्थ्यौ !मैले मे महिनामा जाने कुरा गर्दा प्रतापले पेसा हुदैन अक्टुबरमा जाउँ दुबैजना पेसा पनि हुन्छ अनि बिहे गरेर नेपालमै केही गरी बसौम्ला मिलेर , यस्तै योजना गरेका थियौ हामीले ! मैले प्रतापलाई धेरै पटक भनिसकेकी थिएँ मसँग पैसा नभएको कुरा तर ६ बर्ष इजरायलमा बसेर पेसा छैन भन्दा शायद कसैले पनि बिस्वास गर्न नसक्लान ! फेरि अचानक प्रतापले ऊ दिसेमबरमा २८ म जाने कुरा गर्यो र आफु पहिले गएर सबै कुराको व्यवस्था गर्छु भनी मैले पनि हुन्छ भने र म मे मा आउने कुरा गरें !
ऊ नेपाल जानासाथ मलाई फोन पनि गर्यो र त्यतिबेला प्रातापलाई लिन काठमाण्डुमा प्रतापको दिदी रन्जना गुरुङ आउनु भएको थियो !सबै राम्रै चलिरह्यो ! हामीबीच कुराकानी भै नै रहन्थ्यो !बिचमा प्रतापले मसँग भनेको थियो "यदि हजुरसँग दश लाख जति साथमा छ भने तुरुन्तै आउनु नेपाल बिहे गरी बशौ भनेर तर मैले मसँग त्यती पैसा छैन मे सम्म चाही हुन्छ अनि आउछु भनेकी थिएँ ! यो कुरा यतिमै सकियो !
नेपाल जानासाथ मलाई मेल गरेर डीवोर्स पेपर पठाइदिनु भनेको थिए मैले प्रतापलाई या त मेरो बाबा सँग भेट्दा डीवोर्स पेपर देखाउनु भनेर भनेको थिए ! प्रतापले पछी उसको डीवोर्स पेपर नेपालगन्जमा छ भन्ने कुरा गरी ऊ उसको बाउआमालाई भेट्न र डीवोर्स पेपर पनि लिने भनी नेपालगंज गयो ! नेपालगन्ज गए पश्चात पनि कुरा भै नै रहेथ्यो , फेब्ररीको दोर्श्रो हप्तादेखि मैले कल गर्दा फोन स्वीच अफ हुन्थ्यो , कन्टेक भएको बेला सोध्दा गाउमा नेटवर्क प्रोबलम भएकोले योसब भएको भन्न थाल्यो मैले पनि कुनै शंका गरिन र त्यसपछी मैले पनि धेरै फोन गरिन !
पछी पोखरा आएपछी दिदीको मोबाइल मा फोन गरी बोलेको थिएँ एकपटक त्यस्तै २ मिनेट जति अनि कुरा भएन ! पछी मैले मेरो घर फोन गर्दा प्रतापले आफु कतार फर्किनलाई काठमाडौं आईसकेको र मेरो बाबा आमासँग पुन भेटघाट गर्नलाई घरमा भेट्न आउन पाइन भनेको कुरा आमाबाट थाह पाएँ मैले अनि प्रतापलाई कन्टेक गर्ने लगातार कोशीस गरी रहें तर उसले मेरो फोन रिसिभ नै गरेंन , बेलुकातिर मात्र रिसिभ गर्यो मैले सोध्दा आफु श्रम मा भएकोले फोन रिसिभ गर्न नसकेको कुरा बतायो र ऊ उसको दाजु भाउजुको घरमा बसेको कुरा सम्म भन्यो मलाई र २८ तारिख बिहान ८ बजे को फ्लाइट द्वारा कतार फर्कने कुरा पनि बतायो !
२७ गते बिहानभरी मैले नेटबाट फोन गरे तर रिसिभ नै गरेन उसले पछी मोबाइलबाट गर्दा छोरी मान्छेले फोन रिसिभ गर्यो मैले सोंचे उसको भाउजु होला र प्रतापलाई सोध्दा ती आएमाइले आफु प्रतापको वाइफ हु भनेर भन्यो , म आश्चर्य हुदै भने , " प्रतापको डीवोर्स भै सकेको छ फेरि कसरी हजुर प्रतापको वाइफ ? " भन्दा उनले भनिन् , " तिमी इजरायल बाट हो ? तिमी त प्रतापलाई अति माया गरछौ रे , प्रतापको लागी घर किन्दिन्छु , बिजनेस गर्ने पैसा दिन्छु भनेर भन्छौ रे , सच्चि हो ? म प्रतापको जेठी स्वास्नी बोलेको ", बिचेमा मैले कुरा काटेर भने , जेठी स्वास्नी ? ' हो त प्रतापको दुइ वटा स्वास्नी छ , म जेठी हु मसँग एघार बर्षको छोरा छ उसको र कान्छी सँग नौ बर्षको छोरा छ , कान्छी सँग हो उसले डीवोर्स गरेको !
म त आठ बर्ष देखी कुवेतमा छु र अहिले छुटिमा आएको , प्रताप ले मसँग धेरै माफी माग्यो , छोराको लागी भएपनि मिल्नु पर्छ भन्यो अनि सँगै छुटी मिलाएर आएको दुबैजना को सल्लाहले ...., यती मै मेरो मोबाइलको पैसा सकियो र फोन काटियो पछी मैले नेटबाट पुन कल गरें तर उठाएँन ! योसब सुनेर त म पागल नै भएँ, रोएँ धेरै रोएँ तर काम पनि गर्नु परेकोले आफैलाई संभाले फेरिपनि मनमा भक्कानो फुट्न र आखाँ बाट आँशु बग्न छाडेंन ! बिस्वास नै भएन त्यस आईमाइको कुरामा ! रन्थनिए , के गरुं , के नगरु ? मरु या बाँचु ? यदि मेरो काम परिवारमा र म व्यस्त हुन नपरेको भए या म एक्लै भएको भए निसन्देह मैले आत्महत्या गरिसकेको हुन्थे !
काममा व्यस्त हुन बाध्य थिएँ म अलिकति फुर्सद पाउनासाथ प्रतापको दिदीलाई फोन गरी सोधे प्रतापको दुइटी स्वास्नी र दुइटा छोराको बारेमा , दिदीले पनि भन्नु भयो , " हो त तिमीलाई प्रतापले भनेको छैन ? मैले प्रतापलाई धेरै पटक सोध्दा सबै भनेको छु भनेर भनेको थियो तर दुइ जना स्वास्नी नै प्रतापको साथमा छैन , फेरि उसको जेठी स्वास्नी कसरी अहिले प्रतापसंग भयो म पनि फोन गरेर बुझ्छु पिर नलिनु त्यस्तो केही होइन भनेर भन्नु भयो ! दिदीको प्रतापसँग कुरा भएपछी प्रतापले कहाँ हुनु म सजनालाई तुरुन्तै फोन गर्छु र सम्झाउछु भनेर भनेको कुरा दिदीले मलाई भन्नु भयो त्यसपछी प्रतापसंग मेरो कुनै कन्टेक हुनसकेन !
दिदीले भनेपछि म अरु पागल भएँ , धेरै रोएँ मेरो सपना , योजना सबै सबे यसरी टुट्न पुग्दा , बिश्बसनै लागेंन योसब वास्तविकता थियो ! प्रतापले मेरो भावनासंग यसरी खेलवाड गर्यो भनेर ? तर मैले बिस्वास नगरेतापनि सत्यता यही थियो ! प्रतापले दुइ वटा बिहे गरेकोमा भन्दा पनि पहिलो स्वास्नी छाडेर दोश्रो स्वास्नी बिहे गरी त्यसलाई छोडेर फेरि पुन पहिलो स्वास्नीसँग यसरी एक भई मसँग प्रेमको झुठो खेल खेलेको थाह पाउँदा मलाई रीस उठ्यो धेरै रीस ?
रोए धेरै अनि प्रतापलाई कुनै न कुनै सजाय त मैले दिनु नै पर्छ फेरि सोचे कसरी ? प्रतापले मलाई शारीरिक र आर्थीक रुपमा त कुनै चोट पुर्याएको छैन कसरी सजाय ? प्रतापले मानसिक रुपमा त मेरो हत्या गरिसकेको थियो , म धेरै छटपटाए ! फेसबुकमा स्टाटस लेखे अनि रबि दाजुको कमेन्ट पढे फेरि सोंचे धेरै सोचे जति प्रतापले मलाई मानसिक रुपमा पीडा दियो त्यती नै पीडा उसलाई पनि म दिनेछु र दिइनुपर्छ ! अब मेरो साथी , आफन्त जसजसलाई हाम्रो सम्बन्धको बारेमा थाह छ उनीहरुको नजरमा म जति गिरिन्छु उसलाई पनि म त्यती नै गिराउनेछु , उसले पनि बुझोस जब मानिसको भावनासंग खेलवाड गरेर , मानसिक चोट दिएर बाँच्नु मा र चोट सहेर जिउनुमा कति फरक हुँदो रहेछ भन्ने आभास उसले पनि हर साँझ , बिहान , एक्लो हुँदा , साथीहरु माझ हुँदा आभास गरोस बरु यसको निम्ति मेरो आफ्नो बद्ननाम हुन्छ भने त्यो बदनामी म स्वीकारेर बांच्नेछु तर एक्लै भित्रभित्रै मरेर म कसरी बाँचु र कतिदिन बाँचु ? मलाई थाह छ मेरो बारेमा यो सब जानेर धेरैको नजरमा म गिर्नेछु र बिशेष मेरो बाबा आमाले जब मेरो बारेमा यो सब सुन्नुहुनेछ मेरो कारणले वहा हरुको मन र मानमा कति चोट पुग्नेछ जसको निम्ति म धेरै सरमिन्दा पनि छु !
जे होस हर हालमा मैले यो कदम उठाउनु जरुरी सम्झे किनकी जुन पुरुषले दुइ दुइ वटा सवास्नी हुँदाहुँदै मसँग प्रेमको यत्रो खेल खेल्नेले यदि म उसले दिएको धोका चुपचाप सहेर सुटुक्कै ऊ बाट टाढा हुँदा भोलि उसको झुटो प्रेमको शिकार कुनै अर्की निर्दोष नारी नबनोस् , अन्याय गर्नु मात्र अपराध होइन अन्याय सहनु पनि अपराध हो , यदि उसको दुइ वटी स्वास्नीले उसलाई केही कारवाही गरेको भए आज प्रतापको झुठो प्रेमको शिकार म हुदिनाथे होला तर प्रतापको जेठी स्वास्नीले केही कारवाही गर्नुको सट्टा प्रतापसँग एकभई प्रतापलाई अरु उत्प्रेरित गरेको छ घृणित काम गर्न , यदि प्रतापकी जेठी स्वास्नी असल चरित्रकी हुन्थिन भने प्रतापले दोश्रो बिहे गरे पश्चात १२,१३ बर्षको अवधिमा प्रतापको सबै सत्यता जानी जानी कसरी एकै साथ बस्न राजी हुन्थिन होलिन र ? मैले भनेर हुदो हो त प्रतापको जेठी स्वास्नीलाई पनि सजायको माग गर्थे तर उनको बिसयमा म के भन्न सक्छु र ? बस् यो मेरो सत्य घट्ना हजुरहरु सबै माझ यो उदेश्यले राखे कि आजको दिन देखी कोहि पनि नारी या पुरुषले कसैको भावना र जीन्दगी सँग खेलवाड गर्नु अघि दश पटक अवश्य सोचोस , ऊ सही बाटोमा हिड्दै छ या गलत बाटोमा ?