Responsive Ad Slot

latest

माओवादी र मोर्चाबीचको बैठक I

Sunday, February 12

/ by Admin BHOLA THAPA
काठमान्डौ माघ २९ गते ।
सत्तासाझेदार एकीकृत माओवादी र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीचको छलफल आज हुने भएको छ । सरकार सञ्चालन, ४ बुँदे सहमति कार्यान्वयन लगायतको बारेमा छलफल हुने मोर्चा स्रोतले जनाएको छ । हिजोको लागि बोलाइएको माओवादी र मोर्चाबीचको बैठक नेताहरुको व्यस्तताका कारण स्थगित भएपछि आज फेरि बैठक बस्न लागेको हो । आफ्नै पार्टी भित्रको बैद्य समूह र प्रतिपक्षी दलका नेताहरुले राजिनामाको माग चर्काइरहेको बेला प्रधानन्त्री डा बाबुराम भट्टराईले मोर्चासँगको बैठक बोलाउनु भएको हो । माओवादी र मोर्चाबीचको बैठक साँझ ५ बजेपछि प्रधानन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु हुनेछ ।

यसै गरि राष्ट्रिय सहमतिय सरकार गठनका बिषयमा छलफल गर्न प्रमुख सत्तारुढ दल एकीकृत नेकपा माओबादीको स्थायी समित बैठक बस्दै छ । विहान ११ वजे बस्ने बैठकमा बर्तमान सरकारलाई नै सहमतिय सरकार बनाउने बिषयमा छलफल केन्द्रित हुने पार्टी प्रबक्ता दिनानाथ शर्माले जानकारी दिनुभयो । बैठकमा भोली मनाइने जनयुद्ध दिवस, सेना समायोजनको काम, लगाएतका विषयमा पनि छलफलहुने शर्माले बताउनुभयो ।तर माओबादी कै असन्तुष्ट बैद्य पक्षले भने पार्टी उपाध्यक्ष समेत रहेका बाबुराम भट्टराईलाई सरकारबाट फिर्ता बोलाउने पर्ने अडान राखेको छ ।बर्तमान सरकार पार्टीको स्पीरिट अनुसार चल्न नसकेकाले फिर्ता बोलाउनु पर्ने बैद्य पक्षले तर्क गर्दै आएको छ ।संस्थापन पक्ष भने बिकल्प बिना प्रधानमन्त्रीलाई फिर्ता बोलाउनु नहुने पक्षमा छ ।जनसत्ताले गरेको घरजग्गाको कारोबारलाई वैधता दिने निर्णय फिर्तासँगै माओबादी भित्र सरकार परिबर्तनका बिषयमा बिबाद चुलिएको हो।सरकारले जनसत्ता सम्बन्धि निर्णय बिहिबार फिर्ता लिएपछि माओवादीको वैद्य पक्षले कडा आपत्ति जनाउँदै आन्तरिक विवाद समाधानको प्रयासमा स्थायी समितिको गत विहिबार बसेको पार्टी स्थायी समितिको बैठकमा प्रधानमन्त्री भटराइको राजिनामा माग गरेको थियो ।विपक्षीको दबाबपछि प्रधानमन्त्रीले जनसत्ता सम्बन्धि यसअघिको निर्णय फिर्ता लिनुपरको थियो ।
Don't Miss
© all rights reserved
made with by netKUTI