अमृत सुबेदी,
फागुन ९ गते ।
तनहुँका तीन वटा पक्की पुलमा यो वर्ष गाडी गुड्ने भएको छ । तनहुँको श्रङ्गपथ मार्ग अन्तर्गत जिदीखोला पुल, खैरेनीटा भिमाद सडक अन्तर्गत म्याग्दे खोला पुल र ब्यास ८ को साँगे खोला पुलमा यसै वर्ष देखी गाडी गुड्ने भएको हो । तनहुँको भिमाद देखि कालीगण्डकी तिरसम्म पुग्ने श्रृङ्गपथ अन्र्तगत जिदी खोलामा वन्दै गरेको २५ मिटर लामो पक्की पुलको अहिले सम्म ८० प्रतिशत काम सकिएको छ भने यो वर्ष सवै काम सक्ने गरि काम थाल्ने एक नम्वर सडक डिभिजन कार्यालय तनहुँले जानकारी दिएको छ ।

२०६६ साल असार २० गते सम्झौता भएर काम थालिएको पुलको ३ वटा स्पान मध्ये २ वटा स्पान वनाउने काम सकिएको छ । पुलको काम सक्नका लागी ३ करोड २ लाख ९५ हजार खर्च लाग्ने अनुमान गरएकोमा गएको वर्ष १ करोड ७० लाख रुपैयाँ खर्च भैसकेको छ भने यो वर्ष ८० लाख रुपैयाँ विजेट विनियोजन भएको छ । पुलको काठमाडौको कन्काई सैरन कम्पनीले काम गरिरहेको छ ।
यस्तै तनहुँकै ब्यास ८ साँगे खोलामा वन्दै गरेको पक्की पुलको पनि यो वर्ष सवै काम सकिने भएको छ । २०६५ असार ११ मा सम्झौता भएर काम सुरु भएको पुलको गएको आर्थिक वर्ष २०६७÷०६८ भित्रै सक्ने लक्ष्य पुरा हुन सकेन । पुलको अहिले सम्म करिव ९० प्रतिशत काम सकिएको छ । ५० किटर लम्वाई र ५ मिटर चौडाइ रहेको पुलको गएको वर्ष १ करोड ५० लाख खर्च भैसकेको छ भने यो वर्ष पुलको काम सक्नका लागी पश्चिमाञ्चल सडक डिभिजन कार्यालय तनहुँले ५० लाख रुपैयाँ विनियोजन गरेको एक नम्वर सडक डिभिजन कार्यालय तनहुँका इन्जिनियर नारायण भण्डारीले जानकारी दिनुभयो ।