Responsive Ad Slot

latest

संचारमन्त्रीको भ्रष्टाचार संवन्धी मुद्धाको फैसला आज हुने I

Tuesday, February 21

/ by Admin BHOLA THAPA

काठमाडौं, फागुन ९ गते ।
संचार मन्त्री जेपी गुप्तालाई लागेको भ्रष्टाचार संवन्धी मुद्धाको आज अन्तीम फैसला हुने भएको छ । सर्वोच्च अदालतले यसअघि तयारी नपुगको भन्दै पछाडी सारेको फैसला आज हुन लागेको सर्वोच्च अदालतका सह प्रवक्ता हेमन्त रावलले नेपालवाणी नेटवर्कलाई जानकारी दिनुभयो । उहाले यसअघि पनि पटक पटक सरेकाले आज अन्तीम फैसला आउने संभावना बढी रहेको उहाँले जानकारी दिनुभयाबताउनु भयो ।

दिउसो तिन चार बजेतिर फैसला हुन सक्ने सहप्रवक्त रावलले जानकारी दिनुभयो । न्यायाधिशहरु शुशिला कार्की र तर्कराज भट्टको इजलासले मुद्धाको फैसला गर्न लागेको हो । २०४८ साल देखि झण्डै एक दशकको विचमा पटक पटक गरेर संचारमन्त्री, कृषीमन्त्री, प्रधानमन्त्रीका प्रेस सल्लाहकार लगाएतका लाभको पदमा रहदा उहाले अनियमितता गरी अकुत सम्पत्ति आर्जन गरेको भन्दै अख्तीयार दुरुपयोग अनुसन्धान आयोगले विषेश अदालतमा मुद्धा दायर गरेको थियो । विषेश अदालतपछि गुप्ताको मुद्धा सर्वोच्च अदालतमा आएको हो ।

अहिले मधेशी जनाधिकार फोरम गणतान्त्रीकका अध्यक्ष समेत रहनु भएका गुप्ताले झण्डै एक दशक देखि नै भ्रष्टाचारको मुद्धा खेप्नु भएको छ ।
Don't Miss
© all rights reserved
made with by netKUTI