Responsive Ad Slot

latest

नेपाल फिर्दै गरेका महामहिम राजदूत डा. मिश्रलाई कतारका ४२ संस्थाले सामूहिक सम्मान तथा विदाई I

Thursday, February 23

/ by Admin BHOLA THAPA
दीपक पौडेल
कतारमा स्थापित  वटा संस्थाले राजदूत डा. सुर्यनाथ मिश्रको विदाईको अवसरमा उनलाई सामूहिक अभिनन्दन गरेका छन् । नेपाल इन्जिनीयर्स एसोसिएसन कतारको संयोजकत्वमा जनप्रगतीशील मञ्च, स्याङ्जा सहयोग समाज, चितवन यूवा समूह, सिराहा सेवा समाज, गोरखा सेवा समाज, तनहुँ सेवा समाज, धनुषा सेवा समाज, सर्लाही सेवा समाज, सप्तरी सेवा समाज, धनकुटा सेवा समाज, पवर्त सेवा समाज, पाथिभरा सेवा समाज,
मोरङ सुनसरी सेवा समाज, प्रवासी मुस्लिम सेवा समाज, धादिङ सेवा समाज, नुवाकोट सेवा समाज, उदयपुर सेवा समाज, महोत्तरी सेवा समाज, केशवटार सेवा समाज, भोजपुर सेवा समाज, पाल्पा सेवा समाज, बाग्लुङ सेवा समाज, सूर्योदय सेवा समाज, प्युठान सेवा समाज, नेपाल व्यवशायी संघ, समाजसेवा अभियान रुपन्देही, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, नवोदित मोवाईल पुस्तकालय, नवोदित साहित्यिक वाचनालय, नेपाल प्रवास जातिय भेदभाव उन्मूलन साझा मञ्च, प्रवासी झापाली सम्पर्क मञ्च, गैर आवासीय नेपाली यातायात मजदुर संघ, यातायात मजदुर जनप्रगतीशील समाज, नेपाल साहित्य संघ, प्रवास दलित एकता संगठन, प्रबुद्ध नागरिकहरु लगायतका संघसंस्थाले राजदूतको सामूहिक अभिनन्दन गरेका थिए ।
गत विहीबार साँझ स्टार अफ इन्डिया रेष्टुराँमा एनइए कतारका अध्यक्ष अर्जुन भट्टराईको सभापतित्वमा आयोजित कार्यक्रममा संघ संस्थाहरुले खादा, प्रमाणपत्र र उपहारहरुबाट राजदुतको बिदाई सम्मान गरे । उत्साहजनक सहभागिता रहेको सो कार्यक्रमका सहभागीले पनि राजदूत प्रति सम्मान दर्शाए ।
पेसाकर्मी सन्तोष थापाले नेपाल र कतारको मित्रताको स्मरण गराउने आकर्षक चित्र उपहारले सम्मान गर्दै राजदुतलाई दुवै देश नभुल्न आग्रह गरे । सम्मानपछि बोल्दै राजदुत डा. सुर्यनाथ मिश्रले आफ्नो कार्यकाल सम्पन्न गर्न सहयोग गर्ने दुतावासका सहकर्मी, कतारस्थित नेपाली समाज, सञ्चारकर्मी र कतार सरकारका पदाधिकारीहरुमा कृतज्ञता व्यक्त गरे । राजदूतको कार्यभार सम्पन्न गर्नु सरल कार्य होइन, एक्लो ब्यक्तिले तयो सफलता पाउन गाह्रो हुन्छ , राजदूतले भने । यो तपाईंहरुको सहयोगको सफलता हो ।
आफ्नो मूल्यांकनमा कतार अमिरबाट सम्मान बक्स भएकोमा राजदूतले हार्दिक कृतज्ञता जनाए । आउने र जाने प्रकृया स्वभाविक रहेको भन्दै डा. मिश्रले कुनै एक ब्यक्ति जाँदैमा निरास नहुन आग्रह गरे । व्यक्ति स्थायी होइन, संस्था स्थायी हो । राजदूतले भने , अब कार्यबाहक राजदूतलाई सहयोग गर्नुहोस् । पदीइ रुपमा टाढा भएपनि मानसिक रुपमा नजिक रहने राजदूतले बताए । सरकारले पद दिने होइन, पदभार दिने हो राजदुतले भने । सफल पदभार बहन गरेर फर्कदैछु , गर्व लागेको छ ।
चारबर्षे कार्यकालमा बनाएको सामीप्यको  कारण जहाँ रहेपनि नेपालीजनको हकहितको सुरक्षाको लागि समर्पित रहने उनले बताए । तपाईंको सुखले जति सुख दिन्छ , तपाईंको दुखले उत्तिकै दुख दिन्छ राजदूतले भने । सामूहिक अभिनन्दनका लागि कृतज्ञता जनाउँदै डा. मिश्रले कतारवासीलाई शुभेच्षा व्यक्त गरे ।
सो अवसरमा प्रमुख अतिथी सुरक्षा सचेतना केन्द्र कतारका अध्यक्ष राधाकृष्ण देवले डा. मिश्र प्रति प्रशंशा र कृतज्ञता जनाउन शव्द्ध नपुगेकाले सार्वजनिक अभिनन्दन गरेको बताए । सफलता र चार बर्षका कुरा लेख्न त पुस्तकै छाप्नुपर्ला, देवले भने । उहाँको नेतृत्वमा हाम्रा नेपालीजन निकै सुरक्षित भए ।
कार्यक्रम सभापति अर्जुन भट्टराईले राजदूतले नेपाली समुदायको मात्र नभई कतार सरकारद्धारा पनि सम्मान पाएकोमा खुशी व्यक्त गरे । कतारमा त उहाँको उचित मूल्यांकन भएको छ, नेपालमा पनि त्यस्तै सम्मान होस् भन्ने  भट्टराईले कामना गरे । विदेशिएका नेपाली जनका हितमा नेपालमा बसेर पहल गर्न उनले राजदूतलाई सुझाव दिए ।
कार्यक्रम प्रस्तोता श्री कृष्ण भट्टराईले कतारवासी नेपालीको मन जितेर फर्केका राजदूतले जहाँ गएपनि नेपाल सरकारले दिएको अभिभारा सफलतापूर्वक बहन गर्नका लागि शुभकामना दिए ।
श्रम सहचारी इन्द्रदेव पाण्डे, दुतावासका जनसम्पर्क अधिकारी अलि ताज मिरघानी अल जायद, अलिमुद्दीन मोहम्मद रसुल मियाँ लगायतका अधिकारीहरुलाई पनि सम्मान गरिएको थियो । 
कार्यक्रममा एनइएका संस्थापक रविकान्त लालले स्वागत मन्तव्य राखेका थिए भने नेपाली जनसम्पर्क समितीका शाकिर अली, पाल्पा सेवा समाजका भूपराज दुवाडी, गुल्मी सेवा समाजका द्रोण बस्नेत, स्याङ्जा सहयोग समाजका टुकराज अर्याल, धनुषाका सल्लाहकार मोहरम नदाफ, खोटाङ सेवा समाजका राम गुरुङ, पाथिभरा युवा सेवा समाजका लक्षी गुरुङ,
साहित्यकर्मी दीपक भेटवाल, प्रवासी मुस्लिम सेवा समाजका मक्सुद आलम, जनप्रगतीशील मञ्चका रमेश भट्ट, श्रमिक अधिकारकर्मी होमनाथ शर्मा, गैर आवासीय नेपाली संघका सदस्य अजिजुर रहमान शेख लगायतका वक्ताले राजदूतको कार्य गतिविधिी प्रति प्रशंशा तथा शुभकामना व्यक्त गरे ।
गैर आवासीय नेपाली संघ दोहा कतार, नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतार , प्युठान सेवा समाज लगायतले यस अघिनै सार्वजनिक कार्यक्रममा राजदूतको सम्मान गरिसकेका थिए ।
Don't Miss
© all rights reserved
made with by netKUTI