Responsive Ad Slot

latest

चितवन युवा समूहको दसौँ साधारण सभा सम्पन्न I

Sunday, February 12

/ by Admin BHOLA THAPA

रवि रोषी
दोहा
चितवन युवा समूहको दसौँ साधारण सभा गत शुक्रवार दोहाको ढाका रेष्टुरेन्टमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष होमनाथ पौडेलको सभापतित्वमा सम्पन्न भएको सो कार्यक्रममा गैर आवासीय नेपाली संघ गल्फ संयोजक प्रमुख अतिथी रहेका थिए भने विशेष अतिथीहरुमा संस्थापक अध्यक्ष तथा चियुसका संरक्षक सागर नेपाल, गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषदका सचिव विनोद भट्टराई, गोरखा सेवा समाजका अध्यक्ष श्री कृष्ण भट्टराई, सूर्योदय समाजका अध्यक्ष उमाकान्त ढकाल, केशवटार सेवा समाजका अध्यक्ष गुण बहादुर राना, जनप्रगतीशील मञ्चका उपाध्यक्ष मान बहादुर पुन, नेपाल प्रवासी दलित एकता संगठनका अध्यक्ष बुद्धि राज परियार लगायत रहेका थिए ।

गल्फ संयोजक नरेन्द्र भाटद्धारा दीप प्रज्वलन गरी सूचारु गरीएको सो कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष रामबाबु थापाले स्वागत मन्तव्य दिएका थिए । गैरआवासीय नेपाली संघका गल्फ संयोजक तथा प्रमुख अतिथी नरेन्द्र भाटले चितवन युवा समूहले कतार तथा चितवनको हकमा शिक्षा , स्वास्थ्य तथा खानेपानी जस्ता नितान्त अपरिहार्य बिषयमा कहिले एम्बुलेन्स दिएर , कहिले स्कुलको भवन निर्माण गरिदिएर होस् वा खानेपानी जस्ता स्वास्थ्यसंग जोडिएका विभिन्न शीर्षकमा आर्थिक सहयोग पुर्याएको बारेमा स्मरण गर्दै सो को प्रशंशा गर्नुभयो । कतारमा गरिने कुनै पनि कार्यक्रम देखि चितवन सम्म पुर्याएको योगदान अतुलनीय रहेको भन्दै आगामी दिनमा पनि सामाजिक सेवाको लक्ष्यमा संस्था उन्मुख भईरहोस् भनी कामना गरे ।
त्यसैगरी चितवन युवा समूहका संस्थापक अध्यक्ष तथा संरक्षक सागर नेपालले स्थापनाकाल अघिको अवस्थाको बारेमा स्मरण गर्दै कतारमा नेपाली भनेर सजिलै चिनियोस् भन्नको लागि नेपालबाट ढाका टोपी ल्याएर आफुले बाँढेको र प्रवासमा पनि हामी नेपाली हौँ भनेर आफ्नो राष्ट्रिय शान र शौकतलाई कायम राख्न सवैलाई प्रेरित गरेको बताए । चितवनवासी लगायत सम्पुर्ण नेपालीले कतारमा पसिना मात्र होइन रगत पनि बगाएको बताउँदै यस सन्दर्भमा अर्काको दुखलाई भाषण बनाउने काम कसैलाई नगर्न आग्रह गरे । त्यस्तो दुखको घडीमा सहयोग गर्ने तत्परता देखाउनु नै हाम्रो कर्तव्य हुन आउँछ , उनको आग्रह थियो । समाजका लागि सहयोग गर्नेहरुलाई सम्मान होइन सहयोग गर्न लागेमा मात्र सहयोगी योजना सफल हुने बताए ।
चितवन युवा समूहका पूर्व अध्यक्ष तथा नेपाल लोकतान्त्रिक मञ्चका अध्यक्ष रामहरि गैरेले सवैको सद्भाव र सहयोग प्रति धन्यवाद ज्ञापन गर्दै सवैको साझा संकल्प नितान्त चितवनको हक हितको लागि हुनुपर्ने कुरामा जोड दिए । यसका लागि संस्थामा आवद्ध हुन छुटेका र नव आगन्तुक चितवनेहरुलाई संस्थामा आवद्ध हुन सुझाव दिँदै अघि बढ्नुपर्ने कुरा बताए । कतारको कानूनी मूल्य र मान्यताको दायराभित्र रही विशुद्ध सामाजिक भावनाले लाग्न सकियो भने संस्थालाई सहज ढंगबाट अगाडि बढाउन सजिलो हुने बताउँदै आगामी दिनहरुमा आफुलाई रुपान्तार गर्दै अग्रणी भूमिका निर्वाह गर्दै अगाडि बढ्दै जानुपर्ने सुझाव दिए ।
जनप्रगतीशील मञ्च नेपालका उपाध्यक्ष मान बहादुर पुनले कतारमा खोलिएको सामाजिक संघ संस्थाले देशको समुन्नत विकासको लागि पनि केहि हद सम्म टेवा पुर्याएको कुरा उल्लेख गर्दै भोलिका दिनमा देशमा अझ प्रभावकारी ढंगबाट योगदान पुर्याउन कतारमा रहेका नेपाली श्रमिक र नेपाली व्यवशायी बीचको अन्र्तसम्बन्ध अति निकट हुनुपर्ने बताए । नेपाली व्यवशायीहरुले श्रमिकलाई श्रमिकको रुपमा मात्र व्यवहार नगरी मानवीय व्यवहार पनि गरिनुपर्ने अति जरुरी रहेको बताए ।
गैर आवासीय नेपाली संघ दोहा च्याप्टरका सचिव विनोद भट्टराईले चितवन युवा समूह चितवनको नाम जोडिएपनि सवैको साझा संस्थाको रुपमा परिचित भएको जानकारी गराउँदै संस्थाले चितवन भन्दा बाहिरी जिल्लाहरुमा पनि सामाजिक योगदान पुर्याउँदै आएकोमा सवैलाई गौरव रहेको बताए । बैदेशिक रोजगारको सिलसिलामा आएर बिचल्लीमा परेकाहरुलाई सहयोग गर्ने काम देखि लिएर पिडितहरुलाई दैनिक उपभोग्य बस्तुहरु उपलव्ध गराई मानवीय सहयोगको काम गर्न पनि पछि नपरेको बताए । बैदेशिक रोजगारलाई एनआरएनको घोषणापत्रमा समेटिएको हुनाले र चियुसले त्यस्ता क्षेत्रमा पनि बेला बेलामा चासो देखाई सहयोग पुर्याउँदै आएको हुनाले चियुसबाट एनआरएनले उक्त अभियानमा हातेमालो गरी अघि बढ्ने कुरामा विश्वस्त रहेको बताए ।

गोरखा सेवा समाजका अध्यक्ष श्री कृष्ण भट्टराईले संस्था बीचको आपसी भाईचारा सम्बन्ध कायम गरी सहयोगात्मक भावना हुनु जरुरी भन्दै चितवनका पिछडिएका बर्गका लागि हालसालै मात्र शिक्षा क्षेत्रमा पुर्याएको योगदानको बारेमा सह्राहना गरेका थिए । यसका साथै त्यस्ता विकट र चितवनका अति दुर्गम चेपाङ बस्तीका परिवारमा आर्थिक सहयोग गर्नु मात्र कार्यक्रमको सफलता नठानी चेतनाको विकासमा जोड दिए अरु प्रभावकारी हुने बताए ।
नेपाल प्रवासी दलित एकता संगठनका अध्यक्ष बुद्धिराज परियारले सामाजिक संस्थामा आवद्ध हुनेहरुले पार्टी परित्याग गरी आवद्ध भएमा संस्थाको अभियानले मूर्तरुप लिनेमा कुनै दुईमत नभएको बताए । चितवन जिल्ला कतारमा संस्था खोल्ने क्रममा दोश्रो पंक्तिमा रहेको कुराको स्मरण गर्दै खोल्नु मात्र नभै यसको उद्येश्य र मर्मलाई मर्न नदिन सवै चितवने त्यत्तिकै शशक्त भएर संस्थालाई मजबुत बनाउन समय दिनुपर्ने बताए । यसका लागि आवद्ध हुने साथीहरुले राजनीतिक आस्थालाई बचाएर आफुलाई सामाजिक बनाउन लागियो भने संस्थाले उचाई लिने बताए । चितवन युवा समूहले सामाजिक अभियान अन्तर्गत शिक्षा र स्वास्थ्यलाई जसरी प्राथमिकता दिएको छ , साँस्कृतिक मञ्चलाई पनि अगाढि बढाएर लैजादै कतारमा साँस्कृतिक केन्द्र खोल्ने क्रममा अग्रणी भूमिका निर्वाह गर्ने हो भने कतारमा भित्र्याईएको पञ्चैबाजा चितवनलाई सुम्पने प्रतिबद्धता जनाए ।
त्यस्तै गरी अन्य बक्ताहरुमा केशवटार सेवा समाजका अध्यक्ष गुण बहादुर राना, सूर्योदय सेवा समाजका अध्यक्ष उमाकान्त ढकालले पनि मन्तव्यको क्रममा संस्थाको उत्तरोत्तर प्रगतिको कामना गरेका थिए ।
सोही अवसरमा चितवन युवा समूहमा विशिष्ट योगदान दिएबापत रामबाबु थापा, कमल आचार्य, राम श्रेष्ठ र रवि रोषीलाई कदर पत्र प्रदान तथा खादा ओढाई सम्मान गरिएको थियो । समिर खत्री र गणेश ढकालले सञ्चालन गरेको सो कार्यक्रममा संस्थाको सांगठनिक प्रतिवेदन संस्थाका महासचिव गणेश ढकालले प्रस्तुत गरेका थिए भने आर्थिक प्रतिवेदन कोषाध्यक्ष प्रेम परियारले गरेका थिए । अन्त्यमा संस्थाका अध्यक्ष तथा कार्यक्रमका सभापति होमनाथ पौडेलले उपस्थित संघसंस्थाका प्रतिनिधी, बैचारीक संगठनका प्रतिनिधी लगायत सवैलाई धन्यवाद व्यक्त गर्दै कार्यक्रम समापनको घोषणा गरेका थिए ।

Don't Miss
© all rights reserved
made with by netKUTI