जुम्ला,
माघ २६- सरकारले अन्तर्जातीय विवाह गर्नेहरुलाई कानुनी तथा मानवीय संरक्षण दिनुका साथै प्रोत्साहन रकम दिने नीति ल्याएयता यहाँ अन्तर्जातीय विवाह गर्नेको सङ्ख्यामा वृद्धि भएको छ ।
जुम्लामा आर्थिक वर्ष ०६७–०६८ मा मात्र पाँच जोडीले अन्तर्जातीय विवाह भइसकेको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ । विवाहित चार नवजोडीले सरकारबाट पाउने प्रोत्साहनस्वरुप रु एक लाख पाइसकेको र बाँकीको फाइलमा पनि काम भइरहेको प्रशासन स्रोतले जानकारी दिएको छ ।