Responsive Ad Slot

latest

गैरआवासीय नेपालीहरुको नेपाली नागरिकताको निरन्तरता र गैरआवासीय नेपाली सम्बन्धि विविध पक्षमा छलफल कार्यक्रमI

Wednesday, February 22

/ by Admin BHOLA THAPA
गैरआवासीय नेपाली संघका अध्यक्ष जीवा लामिछानेको नेतृत्वमा २०१२, २३ फेब्रुवरी देखी २६ फेब्रुवरी सम्म नेपाली नागरिकताको निरन्तरता तथा अन्य विविध विषयहरुमा नेपाल सरकारका सम्वन्धित पक्षहरुसँग छलफल गर्न एक प्रतिनिधी मण्डल काठमाडौ आई पुगेकोछ।



यसै सम्बन्धि पहिलो कार्यक्रम मिति २३ फेब्रुअरी २०१२ विहिवारका दिन काठमाडौंको नयाँ बानेश्वर स्थित वेइजिङ्ग डकको सभाकक्षमा संविधान सभाका सभासदहरुसंग एक अन्तरकृया कार्यक्रमको आयोजना हुने भएको छ। गैरआवासीय नेपालीहरुले पहिले देखिनै उठाउँदै आएको नागरिकताको निरन्तरता सम्बन्धि विषयलाई अब बन्ने नयाँ संविधानमा सुनिश्चित गर्न यस कार्यक्रमको आयोजना गरिएको हो। भोली हुने सो अन्तरकृया कार्यक्रममा सभासदहरुमा मा. राधेश्याम अधिकारी, मा. अग्नी खरेल, मा. खिमलाल देवकोटा, मा. सुरेन्द्र पाण्डे, मा. लक्ष्मणलाल कर्ण, मा. देवेन्द्र पौडेल, मा. रमेश लेखक, मा. भिम रावल, मा. डा. प्रकाश चन्द्र लोहनी, मा. प्रदीप ज्ञवाली, मा. विमलेन्द्र निधि, मा. गगन थापा, मा. सपना मल्ल, मा. सावित्रा भुषाल, मा. कल्पना राणा, मा. एक राज भण्डारीका साथै अन्य सभासदहरुको सहभागीता रहने छ। यसै गरी उक्त कार्यक्रममा गैरआवासीय नेपाली संघको तर्फबाट संघका अध्यक्ष लगायत संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, संरक्षक एवं नेपाली नागरिकता निरन्तरता दलका सभापति रामप्रताप थापा, उपाध्यक्ष एवं नेपाली नागरिकता निरन्तरता दलका उपसभापति क्या. हितमान गुरुङ्ग, उपाध्यक्ष रामेश्वर शाह, महासचिव तेञ्जी शेर्पा, प्रवक्ता डा. हेमराज शर्मा, विभिन्न मुलकबाट आउनु भएका अन्तर्राष्ट्रिय समन्वय परिषदका पदाधिकारी तथा सदस्यहरु, संघका सल्लाहकारहरुका साथै काठमाडौमा रहनु भएका विभिन्न मुलुकका राष्ट्रिय समन्वय परिषदहरुका प्रतिनिधिहरुको सहभागीता रहेन छ।



यसै गरी भोलि देखिनै सो प्रतिनिधि मण्डलले नेपालको राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, विभिन्न राजनैतिक दलका प्रमुख नेताहरु, परराष्ट्र मन्त्रालय, उद्योग मन्त्रालय, कम्पनी राजिष्टार्डको कार्यालय तथा अन्य सरोकारवाला संघसंस्थाहरुसंग भेटघाट गर्ने कार्यक्रम रहेको छ। सो भेटघाट कार्यक्रममा गैरआवासीय नेपालीको परिभाषा, संघको दर्ता, सामूहिक लगानी, मध्यपूर्वमा कार्यरत श्रमिकहरुको लागि सुरक्षित आप्रवासन, श्रम स्विकृती लगायत विविध समस्याहरु, नेपालमा संचालन गरिने परोपकारी परियोजनाहरु, गैरआवासीय नेपालीहरुको मतदान सम्बन्धि व्यवस्थाका साथै गैरआवावसीय नेपालीहरुको विविध समस्याहरुबारे छलफल हुने छ।



उक्त भेटघाट कार्यक्रमहरुमा संघका संस्थापक अध्यक्ष, संरक्षक लगायत अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयका पदाधिकारीहरुको सहभागीता मात्र रहने छ।



डा. हेम राज शर्मा

प्रवक्ता

गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद

मिति: २२ फेब्रुवरी २०१२
Don't Miss
© all rights reserved
made with by netKUTI