Responsive Ad Slot

latest

वाइसिएलद्वारा माओवादी लडाकुको गाडी कब्जा I

Monday, February 27

/ by Admin BHOLA THAPA


कावासोती, फागुन १५ गते ।
एनेकपा (माओवादी)को भ्रातृ सङ्गठन वाइसिएल नवलपरासीले लडाकुको चौथो डिभिजनका दुईवटा गाडी कब्जामा लिएको छ ।

वाइसिएलमा रहेको एक पद बढुवा र आर्थिक प्याकेज माग गर्दै आन्दोलनमा उत्रिएका वाइसिएलका कार्यकर्ताले वसन्त स्मृति बिग्रेड रामनगरको बा०००१अ ६९ नम्बरको सवारीसाधन, परिवर्तन स्मृति बिग्रेड कावासोतीको ढुवानीमा प्रयोग हुने ना१च ४०६७ नम्बरको गाडी कब्जा गरेको वाइसिएल नवलपरासीका अध्यक्ष पदमबहादुर केसी जुजारुले जानकारी दिनुभयो ।

त्यसैगरी वाइसिएलले बुटवलमा केन्द्रीय सदस्य भक्ति पाण्डेको लु१च ३७०२ नम्बरको सवारीसाधन पनि नियन्त्रणमा लिएका छन् । आफ्ना मागको लिखित सम्बोधन नहुँदासम्म आन्दोलन जारी राख्ने निर्णयअनुसार नेता र एमाओवादी सम्बद्ध सवारीसाधन कब्जामा लिइएको अध्यक्ष जुजारुले बताउनुभयो ।

नियन्त्रणमा लिइएका गाडी आगामी फागुन २० गते मात्र छाडिने उहाँले बताउनुभयो । वाइसिएलले अवध, मगरात, थारुवान र तमुवान राज्य भित्र चल्ने माओवादी सम्बद्ध गाडी नियन्त्रणमा लिने कार्यक्रमअन्तर्गत आफूहरूले सवारीसाधन कब्जामा लिएको उहाँले बताउनुभयो । रासस
Don't Miss
© all rights reserved
made with by netKUTI