पवन गुरुङ,
गोरखा माघ २३ गते ।
प्रधानमन्त्रि डा.वावुराम भट्टराईले वर्तमान सरकारलेनै संविधान निर्माण गर्ने वताउनुुभएको छ ।केहि समय भित्रै शान्ति र संविधान निर्माणको प्रक्रियामा उल्लेख्य प्रगती हुने दावी गर्दै प्रधानमन्त्रि डा.भट्टराईले आफ्नै नेतृत्वको सरकारलेनै वाँकी रहेको शान्ति प्रक्रियाको काम सम्पन्न गरि संविधान निर्माण गर्ने प्रतिवद्धता जनाउनुभएको हो ।मुलुकमा यतिन्खेर आमुल परिवर्तनको आवश्यकता रहेको औंल्याउँदै डा.भट्टराईले मुलुकको आवश्यकता र जनताको सपनालाई पुरा गर्नका लागी पनि सवैदलहरु मिलेर अगाडी वढ्नुको विकल्प नभएको वताउनुभयो ।
भवानी उच्चमावि पालुङटार गोर्खाको ५५ औं वार्षिक उत्सव समारोहलाई आज सम्वोधन गर्दै उहाँले सरकारको पहिलो प्राथमिकता शान्ति र संविधान भएकाले झिना मसिना कुराहरुमा अल्झेर संविधान निर्माणको काममा अवरोध नगर्न दलहरुलाई आग्रह गर्नुभयो ।प्रत्यक महिना जिल्ला आउने कार्यक्रम अन्र्तगत आज ४९ औ पटक गृह जिल्ला आउनुभएका प्रधानमन्त्रि डा.भट्टराईले तोकिएकै समयमा संविधान निर्माण गर्ने जिम्मेवारी जनताले आफुलाई दिएको हुनाले यहि सरकारलाई सहमतिय सरकारको रुपमा परिणत हुने दावी समेत गर्नुभयो ।
एकिकृत नेकपा माओवादीका उपाध्यक्ष समेत रहेका भट्टराईले शान्ति प्रक्रियाको मुख्य पाटो सेना समायोजन भएकाले वर्हिगमन परेका लडाकु, अपाङ, घाईते लडाकुहरुको लागी छिट्टै राहतको प्याकेज ल्याउने सन्दर्भमा तयारी गरिरहको जानकारी दिनुभयो ।कुनै पनि क्षेत्रको विकासको लागी शिक्षा क्षेत्रमा जोड दिनुपर्ने भन्दै उहाँले शिक्षा क्षेत्रमा हाल रहेका विकृति र विसङगतिहरुलाई पनि हटाउन आवश्यक रहेको वताउनुभयो ।