काठमाडौं, ८ फागुन ।
उपराष्ट्रपति मरमानन्द झाले दलका नेताहरु राष्ट्रपति र उपराष्ट्रपतिको सल्लाह अनुसार नचलेको गुनासो गर्नु भएको छ । उहाँले दलहरुले राष्ट्रपति र उपराष्ट्रपतिको सल्लाह मानेको भए आजसम्म शान्ति प्रक्रिया निष्कर्षमा पुगीसक्ने टिप्पणी समेत गर्नु भयो ।
उहाँले अँझै पर्याप्त समय भएकाले दलहरुले जिम्मेवारी बहन गरे निर्धारित समयमै संबिधान निर्माण हुने बताउनु भयो । नेपालवाणी नेटवर्कको वाणी बहसमा उपराष्ट्रपति झाले दलहरुको पछिल्लो गतिबिधिले संबिधान निर्माणमा आशाबादी रहेको उल्लेख गर्नु भयो ।