Responsive Ad Slot

latest

राप्रपा नेपालले द्धारा जिल्ला बिकास समिति, र चितवनका दुई नगरपालिकामा तालाबन्दीI

Tuesday, February 21

/ by Admin BHOLA THAPA

नारायण सापकोटा
चितबन फागुन ९ गते ।
राप्रपा नेपालले आज जिल्ला बिकास समिति, र चितवनका दुई नगरपालिकामा तालाबन्दी गरेको छ । स्थानीय निकायको निर्वाचन हुनुपर्ने माग गर्दै तालाबन्दी गरिएको राष्ट्रि प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष वद्री तिमिल्सीनाले जानकारी दिनुभयो ।
जिल्ला विकास समिति, भरतपुर नगरपालीका र रत्ननगर नगरपालीकामा तालाबन्दी गरिएपछि आजको काम प्रभावीत हुनपुग्यो । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल चितवनले केन्द्रीय कार्यक्रम अनुसार चितवनको स्थानीय निकायमा तालाबन्दी गरिएको हो ।

आज दिउंसो साढे १२ बजे जिल्ला बिकास समितिमा १ बजे भरतपुर नगरपालीका र त्यस लगत्तै रत्ननगर नगरपालीकामा तालाबन्दी गरिएको गरिएको राप्रपा नेपाल चितवनका अध्यक्ष्ँ बद्री तिमल्सिनाले बताउनुभयो । उता काठमाडौं महानगरपालिकामा मा पनि राप्रपा नेपालले तालावन्दी गरेको छ । स्थानीय निकायको चुनाव माग गर्दै उक्त पार्टीले महानगरपालिकको मुलद्वारमा नै तालावन्दी गरेको हो । तालावन्दीपछि उनीहरुले सडक अवरुद्ध समेत बनाएका छन ्।
Don't Miss
© all rights reserved
made with by netKUTI