रवि रोषी
दोहा चितवन युवा समूहको दसौँ साधारणसभाले सर्वसम्मतबाट १३ सदस्यीय कार्यसमिती चयन गरेको छ । निर्वाचन समितीका संयोजक कमल आचार्यको संयोजकत्वमा गठित ३ सदस्यीय निर्वाचन समितीले सर्वसम्मतबाट कार्यसमिती चयन प्रक्रिया सम्पन्न गरेको हो ।
निर्वाचित नयाँ कार्यसमितीहरुमा अध्यक्ष पदमा प्रेम परियार, उपाध्यक्षमा भूमिराज कार्की, महासचिवमा राजेन्द्र देवकोटा, सचिवमा रवि लामिछाने, कोषाध्यक्षमा शिवराज भट्टराई निर्विरोध निर्वाचित भएका छन् । त्यस्तैगरी चितवनको भौगालिक विविधतालाई समेट्दै सहजताको लागि ८ क्षेत्रको प्रतिनिधित्व हुनेगरी चयन निर्वाचित भएको कार्यकारीणी सदस्यमा रत्ननगरबाट विनोद लामा, शक्तिखोरबाट सुमन गिरी, पिप्लेबाट बालकृष्ण थापा, पटिहानीबाट राजाराम बिक, शरदपुरबाट बिजेन्द्र महतो, गुञ्जनगरबाट टेक बहादुर गुरुङ, भरतपुरबाट प्रभु रानाभाट र पर्साबाट अमर श्रेष्ठ रहेका छन् ।
निर्वाचित सम्पुर्ण कार्यसमिती सदस्यहरुलाई निर्वाचन समितीका संयोजक कमल आचार्यले शपथ खुवाएका थिए ।