चितवन फागुन ३ गते ।
रेष्टुरेन्ट एण्ड बार एसोसीयसनको आयोजनामा पुर्वी चितवनको सौराहामा आयोजना गरिएको छैठौं सौराहा फुड फेस्टिवल आज एक कार्य्क्रमका बिच सम्पन्न भएको छ । एसोसियसनले प्रत्येक बर्षभ्यालेर्टाइडे को अवसर पारेर कार्यक्रमको फुड फेस्टीवल गर्दै आएको हो । छैठौ पटक आयोजना गरिएको फेस्टिवलमा अघिल्लो बर्षभन्दा यस पटक दर्शकहरुको भीड बढि लागेको थियो । समापनको दीन आज मेरी बास्यैका कलाकारहरुको प्रस्तुती हेर्नदर्शहरुको उल्लेखनीय सहभागीता रहेको थियो ।
यसै गरि फेस्टिवलकै मूख्य आर्कषण मानिएको ढिडो र गुन्द्रुक खाने प्रतियागिताको उपाधि ईश्वर भट्टले जितेका छन । प्रतियोगितामा दश जनाको सहभागिता रहेको थियो ।
त्यस्तै डोरी तान्ने प्रतियोगितामा क्षेत्रिय होटल सघं प्रथम र कोक फन्टा पिउने प्रतियोगितामा सरस्वति परियार प्रथम भएकी रेवानका अध्यक्ष सुवास चन्द्र गौतम ले जानकारी दिनुभयो । फेस्टीवल अवधीभर वेटर रेस, घैटो फुटाउने, डोरी तान्ने, मम खाने, फन्टा पिउने लगायतका प्रतियोगीता समेत भएका थिए । जिल्लाको पर्यटन प्रर्वद्धनमा सहयोग पुरयाउने उद्धेश्यले आयोजना गरिएको फुड फेस्टिवल पचास लाख बराबरको कारोबार भएको र तिस हजार दर्शकले अवलोकन गरेको फेस्टिवलका संयोजक लाल बहादुर भटले जानकारी दिनुभयो ।
फुड फेस्टिवलमा राष्ट्रिय तथा स्थानीय कलाकारको सांगीतिक प्रस्तुती तथा विभिन्न प्रतियोगीता समेत रहेको थियो । फागुन १ गते सुरु भएको फेष्टिवलमा सयभन्दा वढि खानाका स्टलहरु रहेका थिए । फेष्टिवलमा एक दर्जन स्वदेशी तथा विदेशी खाना शुलभ मूल्यमा पर्यटकलाई उपलव्ध गराउने व्यवस्था मिलाईएको थियो ।
यस पटकको फेष्टिवलको मुख्य आकर्षक स्वदेशी गृहिणीलाई विदेशी खाना र विदेशी गृहिणीलाई स्वेशी खाना वनाउन सिकाईएको रेवान सौराहाका सह सचिव नविन नेपालले जानकारी दिनु भयो । रेवानका अध्यक्ष सुवास चन्द्र गौतमको अध्यक्षतामा सम्पन्न कार्य्क्रममा बछौली गाबिसका सचिव तेजेन्द्रनाथ लामिछाने प्रमुख अतिथि रहनु भएको थियो ।सोही अवसरमा फेष्टिवल सफल वनाउन बिशेष योगदान गर्नु भएको भन्दै रेवान सौराहाका उपाध्यक्ष शिरलाल परियार र सदस्य नरेश गिरीलाई सम्मान गरिएको थियो ।