काठमाडौं, फागुन ९ गते ।
संबिधान निमार्णका क्रममा रहेका बिबादीत बिषयमा समाधान खोज्ने विषयमा छलफल गर्न संबिधान सभा संबैधानीक समितिको बैठक बस्दैछ । केहिबेरमा समितिको कार्यालय सिंहदरबारमा शुरु हुने बैठकमा भोली सम्ममा बिबादीत बिषयमा सहमती कायम गर्नु पर्ने कार्यतालिका अनुसार सहमति जुटाउन नेताहरु सक्रिय रहने बताईएको छ ।
बैठकमा बिबाद समाधान उपसमिति हिजो गरेका निर्णयहरुका बारेमा पनि छलफल हुने संबैधानिक मितिका सभापति निलम्बर आर्चायले नेपालवाणी नेटबर्कलाई जानकारी दिनुभयो । संबिधान निमार्ण कार्यतालीका अनुसार फाल्गुन १० गते सम्ममा बिबादीत बिषयमा सहमति गरीसक्ने प्रमुख दलहरुका बिचमा सहमति भै सकेकाले आजको समितिको बैठकलाई महत्वका साथ हेरीएको छ ।
यसैबिच संबिधान सभा अन्र्तगतका अर्थ तथा श्रम संबन्ध समिति, बिधायक समिति र अन्र्तराष्टिय सम्बन्ध र मानव अधिकार समितिका बैठकहरु पनि आज बस्ने भएका छन । आज बस्ने बैठकमा अन्र्तराष्टिय श्रम सम्बन्ध र मानव अधिकार समितिले बिदेश नीतिबारे छलफल गर्ने बताईएको छ । त्यस्तै अर्थ तथा श्रम सम्बन्ध समितिले सडक बिस्तारका बारे सम्बन्धीत निकायका अधिकारीहरु संग छलफल गर्दै छ ।
छलफलका लागि भौतिक योजना तथा निमार्ण मन्त्रलयका सचिव, काठमाण्डौ माहानगरपालिका प्रमुख, माहानगरीय ट्राफिल प्रमुख र नगर बिकास समितिका सचिवहरुलाई बैठकमा बोलाईएको अर्थ तथा श्रम सम्बन्ध तथा समितिका सचिब कृष्णहरी खड्काले जानकारी दिनुभयो ।
यसैबीच व्यवस्थापिका संसदको बैठक आज पनि बोलाईएको छ । पटक पटक स्थगित हुँदै आएको संसद आज पनि १ बजे ससद भवन नयाँ बानेश्वरमा बस्ने संसद सचिवालयले जानकारी दिएको छ ।