![]() |
गणेश थापा |
एकदिन सपनामा भगवानसंग मेरो भेट भयो | मैले भगवानलाई नमस्कार गरे | भगवानले हात खडा गरेर आशिर्बाद दिनुभयो |
त्यस पछी भन्नु भयो बालक के छ ? ठिकै छ ? म एकछिन अकमकाए त्यस पछी म निरास हुँदै भने ठिकै छ प्रभु | त्यस पछी प्रभुले फेरी प्रति प्रस्न गर्दै भन्नु भयो | बालक एउटा कुरा भन्न सक्छौ ? मैले भने के कुरा प्रभु ?
बालक मैले माथिबाट हेर्दा संसारमा सबै जसो देशमा मियो छ, तर तिम्रो देश नेपालमा किन मियो छैन ? मैले भने प्रभु के भनौ र ? पहिला पहिलाका पुराना मियोहरु सबै म्याद सकिएर उख्लिय, नया मियोहरु अईलेसम्म एउटा पनि दरो भेटियको छैन प्रभु |
पहिला पहिलाका पुराना मियोहरुमा देशभक्ति र कानुनी व्यवस्थाको दरो चुरो थियो र हल्लिदैन्थ्यो र राम्रोसंग दाहि हुन्थ्यो | तर प्रभु अइलेको हरेक मियोमा भ्रस्टचार र अनैतिकताको चुरो पसेको छ, त्यसै माथि कहिले कहिले राजनैतिक पार्टीहरुको खिचातानीको हावाले उखेलेर नै फालिदिन्छ कि जस्तो हुन्छ |
प्रभु |
प्रभुलाई त सबैकुरा नै थाहा छदैछ मैले भनि रहन पर्दैन, तै पनि प्रभु पहिला पहिला जनताहरुलाई दुख भय पनि शान्तिको साथ इमान्दारीको पसिना बगाएर खोले फाडो खायर आनन्दमा थिय, तर प्रभु अईले जनतालाई गधा बनाइएको छ, गोरु बनाइएको छ | बिदेशबाट ऋण मागेर ल्याउछन् आफ्नो भुँडी भर्छन/ जनताको टाउकोमा ऋणको भार थुपारी दिन्छन / गधालाई झैँ भारी बोकाएका छन् प्रभु, त्यसै माथि बेला बेलामा महंगी नामको जरामा लगेर हलो अडकाउछन् र निकटका कार्यकर्तालाई उक्साएर चक्का जाम,हड्ताल, बन्द जस्ता लाठी लगायर कुट्नु सम्म कुट्छन् प्रभु |
यिनीहरुलाई सजाय दिने कोहि भयन प्रभु | यिनीहरुमा पाप र धर्मको चेस्टा रहेन प्रभु |
अब मियो बन्ने पालो मेरो, अब तेरो, अब उसको भन्दैमा शताब्दी बिताउने भय, जनतालाई खुब जोत्ने भय प्रभु |
पुराना ति थोत्रा मियोहरु फेरी जाग्ने हुनकी भन्ने डरले ठाउँ ठाउमा भएका ति पुराना मियोहरु उखेल्दै फाल्दै गरे प्रभु |
अचकाल त्यो एउटा शहिद गेटमा भयको पुरानो मियो पनि त्यंहा बाट फाल्नै पर्छ भनेर कुरा गरिरहेकाछन् प्रभु |
यी मेरा कुरा सुनेर प्रभुले भन्नु भयो ,
बालक यो कुरा सबै मलाई थाहा छ, तिमि चिन्ता नगर यिनीहरुलाई सजाय म दिन्छु, याँहा पनि र परलोकमा पनि अब मैले यिनीहरुलाई शान्तिसंग बाच्न यहा पनि दिनेछैन साथै म यिनीहरुको चर्तिकला देखेर यति विक्षिप्त भएको छु, कि मेरो चौरासिऔ कुण्डले पनि यिनीहरुको पाप पखाल्न मुस्किल छ, त्येसैले मैले यिनीहरुको नाममा एउटा अति कष्टदायक बिषेस किसिमको कुण्ड बनाएको छु | ठिकै छ अईले जनतालाई गधा र गोरु बनाएको त्यंहा गएर देखिने छ /
जुन कुण्डमा हालिदिए पछी नत मर्छ, नत बच्छ , न निस्किन सक्छ न पुरा डुब्न सक्छ | तिमीले पनि त्यसको अबलोकन गर्न पाउने छौ , बालक ,त्यतिखेर तिमीले पनि तिनीहरुलाई एक, एक लात हानेर जाउला , मैले दुइ चार जनालाई त हालिसकेकोछु , अईले तिमि चिन्ता नगर भनेर प्रभुले भने पछी
मैले प्रभुलाई फेरी नमस्कार गरे त्यस पछी प्रभु हात खडा गरेर अन्तर्ध्यान हुनुभयो | म झल्यासा भएर ब्युझीए मिर्मिरे उज्यालो भएको रहेछ /
त्यस पछी म आफ्नो दैनिकी तिर लागे.....
बसन्तपुर ४ तनहुँ
हाल दुबई