Responsive Ad Slot

latest

पश्चिमाञ्चल क्षेत्रिय मुक्तक प्रतियोगितामा तनहुँका गुराँस प्रथम I

Tuesday, February 21

/ by Admin BHOLA THAPA
पोखरा,
फागुन ९ गते ।
लमजुङको वेशीशहरमा भएको पश्चिमाञ्चल क्षेत्रीय मुक्तक प्रतियोगीतामा तनहुँका मुक्तककार अमृत सुबेदी गुराँस प्रथम हुनुभएको छ । बेसीशहरमा जारी तेस्रो लमजुङ महोत्सबको अवसरमा साहित्य तथा नाट्य उपसमितिको आयोजनामा भएको क्षेत्रीय मुक्तक प्रतियोगीतामा गुराँस प्रथम हुनुभएको हो । पोखरेली पत्रकारीतामा क्रियाशिल रहेका गुराँसले ७ हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गर्नुभएको छ ।

प्रतियोगितामा स्याङ्जाका मिलन समिर द्धितिय र पोखराका हरिमाया पराजुली तृतिय भएका छन् । त्यस्तै रुपन्देहीका ओम क्षितिज र मुस्ताङका शुशिल थकालीले सान्त्वाना स्थान हाँसिल गरेका छन् ।
३८ जना सहभागी भएको प्रतियोगितामा पहिलो चरणमा २० जना र दोस्रो चरणमा १० जना मुक्तककार छनौट गरी महोत्सब मुल समारोहमा वाचन गरिएको थियो ।


प्रतियोगितामा द्धित्तिय, तृत्तिय र सान्वनाले क्रमशः ५ हजार, ३ हजार र १ हजार ५ रुपैयाँ र प्रमाणपत्र पारीत गरेका छन् । विजेतालाई मुक्तकमा विद्यावारीधि गरेका डाक्टर मुरारी शर्मा र नाट्य समितिका संयोजक नविनचन्द्र घिमिरेले पुरस्कार प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा डाक्टर शर्माले पछिल्लो समयमा मुक्तक अत्यान्त लोकप्रिय विधाको रुपमा स्थापित भएको र नेपालमा प्राय रुवाइ शैलीका मुक्तकले मात्र वढी ठाउँ पाएकाले सवैखाले मुक्तकलाई ठाउँ दिनुपर्ने वताउनुभयो ।

मुल्याङ्कन समितिका संयोजक तथा मुक्तककार रमेश पौडेलले मुक्तकले छोटो र सरल शैलीमा सवै विषयवस्तुलाई जोरदार प्रहार गर्न सक्ने वताउनुभयो । पछिल्लो समयमा मुक्तकले नेपाली साहित्यमा नयाँ वहार ल्याएको पौडेलको भनाई थियो । साहित्यकार रुपिन्द्रप्रभावी कटुले साहित्य पछिल्लो समयमा सवैभन्दा उत्पादन तथा उन्नतशीलरुपमा विकास भएको वताउनुभएको ।

उद्योग, कलकारखाना, ब्यापार ब्यवसाय जस्तै साहित्य पनि उत्पादन तथा उन्नशील हुने उनको भनाई थियो । कार्यक्रममा साहित्यकार गोविन्द वहादुर कुँवर, हिमालचुली साहित्य कला प्रतिष्ठानका अध्यक्ष आनन्द घिमिरे, ठाडोभाका शिरोमणी भेडखिर्के साँइला, लक्ष्मीनारायण पुस्तकालयका तेजनारायण अधिकारी, गीतकार तथा साहित्यकार विष्णुवावु देवकोटा लगायतका कार्यक्रममा वोलका थिए ।
Don't Miss
© all rights reserved
made with by netKUTI