काठमान्डौ फागुन १३ गते
शान्ति प्रक्रिया, संविधान निमार्ण र विभिन्न आयोगहरु गठन गर्ने बिषयमा छलफल गर्न आज बस्ने भनिएको तीन दलको बैठक स्थगित भएको छ । दिउँसो ४ बजेका लागि बोलाइएको बैठक नेताहरुको व्यस्तताको कारण देखाउँदै स्थगित भएको हो ।
बैठकमा तीन दलका शीर्ष तीन नेताहरुले तयार पारेको सहमतिको प्रस्तावका बारेमा छलफल हुने भनिएको थियो । भोलि विहान ८ बजे बस्ने बैठकमा सहमतिको उपाय सहितको प्रस्ताव पेश हुने नेताहरुले बताएका छन् ।