सुवास लामिछान
चितवन माघ २४ गते ।
एकिकृत नेकपा माओबादीको तेसो डिभिजन चितबनको शत्तिखोरमा स्बेच्छिक अबकास रोजेर चेक बुझेका लडाकुमाथि शिबिर छाडन दबाब दिदै कुटपिट भएको छ । गएराति लडाकुकै एक समुहले शिबिर भित्रै कुटपिट र घेराबन्दी गरेको कम्पन्नी कमाण्डर होमबाहदुर खडकाले जानकारी दिनुभयो । शिबिर भित्रै घेराबन्दी भएपछि भागेर शिबिर बाहिर निस्किएको खडकाले बताउनुभयो ।
शिबिर बाहिर निस्किएपछि तत्काल वाइसियल टाडीको सम्पर्कमा पुगेका खडकालाई इलाका प्रहरी रत्ननगरको सहयोगमा उद्धार गरिएको थियो । तेसो डिभिजनका साहयक कमाण्डर उदय बाहादुर चलाउनेले आथिक पारदशिता माग महिनाको तलब माग्ने ५ जना लडाकुलाई कुटपिट भएको बताउनुभयो ।
आफना साथीलाई कुटपिट हुन थालेपछि नैतिक रुपले शिबिरमा बस्नु ठिक नहुने ठानेर आफूले पनि शिबिर छाडेको चलाउनेले बताउनुभयो । आज भरतपुरमा पत्रकार सम्मेलन गरि लडाकुले ५ बर्षमा लडाकु को तलबबाट काटिएको १४ करोड रुपैया खर्च भएको हिसाब सार्बजनिक गर्न माग गरेका छन् ।
सरकार ले माघ महिनाको समेत रासन र भक्ता उपलब्ध गराइने बताइरहदा शिबिर ब्यबस्थापन पक्षले भत्ता पछि पठाइदिने भन्दै चेक बुझेका लडाकुलाई शिबिर छाडन भनेपछि आज बिहान बिबाद भएको थियो अबकासमा जाने लडाकुले माघ महिना भर आफूहरु शिबिरमा रहने र यथासक्य छिटो मघ महिना को भत्ता उपलब्ध गराउन माग गरेका छन् । उनीहरुले अहिले सम्म शिबिरमा भएको खर्च सार्बजनिक गर्न समेत माग गरेका छन् । डिभिजन कमाण्डर धनबाहदुर मास्के ले यसबारे केही पनि बोल्न चाहानु भएन । चेक हस्तान्तरण प्रक्रिया आज पनि चलिरहेको छ ।