Responsive Ad Slot

latest

एमाले स्थायी समिति बैठक आज पनि बस्दै I

Wednesday, February 29

/ by Admin BHOLA THAPA

कठमान्डौ , फागुन १७ , राष्ट्रिय प्रतिनिधि परिषद् बैठक तयारीका विषयमा आज नेकपा एमाले स्थायी कमिटीको बैठक बस्दै छ । प्रतिनिधि बैठकका तयारी र बाँकी रहेको प्रतिनिधि मनोनयनसम्बन्धी निर्णय गर्न बैठक बस्न लागेको हो । हिजो पनि बसेको स्थायी कमिटी बैठकले प्रतिनिधि परिषद्मा जम्मा ८ सय ६८ जना प्रतिनिधि सहभागी गराउने निर्णय गरेको थियो ।

यसैगरी एमालेले परिषद् बैठकमा प्रत्येक जनवर्गीय सङ्गठनबाट एकजना महिलासहित तीन जना सदस्य थप मनोनयन गर्ने निर्णय पनि गरेको छ । परिषद्मा १ सय १७ महिला प्रतिनिधि थप्ने विशेष निर्णय पनि भएको छ । आज बस्ने बैठकले स्थायी कमिटीबाट मनोनित हुने ४२ जना प्रतिनिधिको नाम टुङ्गो लगाउने भएको छ ।

महाधिवेशनपछि सबैभन्दा सर्वोच्च निकाय मानिने एमाले प्रतिनिधि परिषद् बैठक यही फागुन २१ देखि काठमाडौंमा हुँदै छ । २१ गते काठमाडौंमा जनप्रदर्शनका लागि एमालेले अहिले व्यापक अभियान सन्चालन गरिरहेको छ ।
Don't Miss
© all rights reserved
made with by netKUTI