सरस्वति तामाङ्ग,
भोजपुर, फागुन १० गते ।
भोजपुरको गुप्तेश्वर र तिम्मा गा.वि.स.को बीचमा पर्ने सेती बगरमा हिजो साँझ भएको सवारी दुर्घटनामा परि तीन जनाको मृत्यु भएको छ । अन्य ८ जना घाईते भएका छन । भोजपुर र खोटाङको सीमा स्थलमा लागेको टेम्के मेला हेरेर फर्कने क्रममा उक्त दुर्घटना भएको हो ।
दुर्घटनामा धनकुटा ४, लेगुवा बस्ने सवारी धनि राजन कार्की, गुप्तेश्वर गा.वि.स.की सावित्रा राई र जनककुमारी खत्रीको मृत्यु भएको हो । घाईते सबैको भोजपुर अस्पतालमा उपचार भईरहेकोक छ । साघुरो बाटो भएका कारण दुर्घटना भएको र सवारी चालक फरार रहेको प्रहरिले जनाएको छ ।