प्रथम उपाध्यक्ष कृष्ण तमूले उपस्थित तमू तमूस्योहरुको लागि स्वागत मन्तव्य राखेका थिए । त्यसपछि लगतै प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको थियो ।
सल्लाहकार जगन तमूले संघ÷संस्था समन्वय र नेतृत्व विकास सम्बन्धि प्रशिक्षण दिएका थिए । प्रशिक्षणका क्रममा तमू संघ÷संस्थाहरुको स्थापना र वर्तमान अवस्थाको वारेमा प्रकास पारेका थिए । साथै कतारमा रहेका अन्य संघ÷संस्थाहरुसंगको समन्वयात्मक पक्षको वारेमा पनि प्रष्ट पारेका थिए । तमू समुदायमा खटकेको विषय भनेको हामी तमूहरु नेतृत्वमा आउन अलि हिचकिचाउछौं । त्यसैले सल्लाहकार तथा प्रशिक्षक तमूले नेतृत्व विकासका लागि आवश्यक तयारी र ध्यान दिनु पर्ने विषयहरु वारे पनि प्रशिक्षण दिएका थिए ।
अर्का सल्लाहकार बिलबहादुर तमूले तमू बौद्ध सेवा समिति कतारको संक्षिप्त गतिविधि र कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुको कार्यविभाजन वारे प्रशिक्षण दिएका थिए । प्रशिक्षणका क्रममा सल्लाहकार बिलबहादुर तमूले संस्थाले हालसम्म गरेका कार्यहरुको संक्षिप्त विवरण पेस गरेका थिए । विशेषतः सामाजिक, सांस्कृतिक, धार्मिक र आर्थिक क्षेत्रमा समितिले गरेको प्रयास र प्रगति सम्बन्धमा प्रशिक्षण दिएका थिए । त्यसै गरि प्रशिक्षक तमूले कार्यसमितिका पदाधिकारी र सदस्यहरुको कार्यविभाजन वारे समेत प्रशिक्षण दिएका थिए ।
निर्देशक सल्लाहकार तथा प्रमुख प्रशिक्षक बुधबल तमूले समितिको विधान वारे प्रशिक्षण दिएका थिए । विधानको व्यवस्था र यसको कार्यन्वयन पक्ष वारे विस्तृत व्याख्या गर्दै यसमा समयानुकुल आवश्यक परिमार्जन गर्नु पर्ने वारे पनि प्रष्ट पारेका थिए । विधानको व्यवस्था र समय समयमा शंसोधन गर्नु पर्नाका कारणहरु वारे पनि प्रष्ट पारेका थिए ।
कार्यक्रमको अर्को चरणमा अध्यक्ष बिमल तमूले तमू बौद्ध सेवा समिति कतारको नवगठीत थप ३ शाखा समितिहरुको घोषणा गरेका थिए । तमू सांस्कृतिक परिवार, तमू खेलकुद समिति लगायत नया“ थप ३ शाखा समितिहरुमा क्रमशः पुर्वाञ्चलक सम्पर्क समिति, पश्चिमाञ्चल सम्पर्क समिति र महिला विभाग गरि तमू बौद्ध सेवा समिति कतारको अब ५ शाखा समितिहरु स्थापना भएको घोषणा उक्त कार्यक्रममा गरिएको थियो ।
मुल समितिमा रहेका न्यूनतम २ पदाधिकारी तथा सदस्यहरुको नेतृत्वमा शाखा समितिहरु गठन गरिएको बताईएको छ । उक्त ५ शाखा समितिका पदाधिकारी तथा सदस्यहरुको नामावली निम्नानुर रहेको घोषणाका क्रममा जानकारी गराईएको थियो ।
१) तमू संस्कृतिक परिवार ः अध्यक्ष टकप्रसाद तमू, उपाध्यक्ष तोरण तमू, सचिव विलशन तमू, कोषाध्यक्ष सुर्य तमू र सदस्यहरुमा क्रमशः बिरु तमू, देविजङ तमू, चोकबहादुर तमू, सञ्जु तमू, राजन तमू, ओमबहादुर तमू, चेतबहादुर तमू, मोमबहादुर तमू, निबल तमू ।
२) तमू खेलकुद समिति ः अध्यक्ष मदन तमू, उपाध्यक्ष भविराज तमू, सचिव कमल तमू, कोषाध्यक्ष महादेव तमू र सदस्यहरुमा क्रमशः ईश्वर तमू, बेलबहादुर तमू, गणेश तमू, गोविन तमू, प्रेम तमू, भिम तमू र पदम तमू ।
३) पुर्वाञ्चल सम्पर्क समिति ः संयोजक भाईकाजी तमू, सहसंयोजक केशरसिंह तमू, सचिव हरीकाजी तमू, कोषाध्यक्ष धनकाजी तमू र सदस्यहरुमा क्रमशः बिमल तमू, निर्मल तमू, प्रकाश तमू, रिजन तमू, यामबहादुर तमू, तुलसी तमू र मकर तमू ।
४) पश्चिमाञ्चलक सम्पर्क समिति ः संयोजक आशबहादुर तमू, सहसंयोजक दुर्गा तमू, सचिव मिनबहादुर तमू, कोषाध्यक्ष रनबहादुर तमू र सदस्यहरुमा क्रमशः पुष्पराज तमू, पदमबहादुर तमू, तिलबहादुर तमू, जंगबहादुर तमू, ओमबहादुर तमू, प्रेम घले तमू र प्रेमबहादुर तमू ।
५) महिला विभाग ः संयोजक टौमाया तमूस्यो, सहसंयोजक कल्पना तमूस्यो र सदस्यहरुमा क्रमशः श्रृजना तमूस्यो, ज्ञानु घले तमूस्यो, दिलमाया तमूस्यो, देविका तमूस्यो, टिका तमूस्यो र पुनम तमूस्यो ।
तमू बौद्ध सेवा समितिमा मूल समिति अन्तर्गत अध्यक्ष बिमल तमूको नेतृत्वमा कार्यसमिति र निर्देशक सल्लाहकार बुधबल तमूको नेतृत्वमा सल्लाहकार समिति गठन गरिएको छ । अन्य सल्लाहकारहरुमा क्रमशः बिलबहादुर तमू, अमृत तमू, राम तमू, जगन तमू, अमृत घले तमू, लक्ष्मीकुमार तमू, बुद्धीराज तमू र लक्ष्मण तमू चयन भएका छन् । त्यसै गरि विभिन्न शाखा समितिहरुसंग समन्वय गर्दै घोषीत कार्यक्रमहरुको सफल कार्यन्वयनको लागि विभिन्न उपसमितिहरु पनि गठन गरिएको छ । अध्यक्ष बिमल तमूको संयोजकत्वमा संस्थाको आन्तरिक व्यवस्थापन तथा संघ÷संस्था समन्वय उपसमिति, महासचिव खेम तमूको संयोजकत्वमा संगठन विस्तार उपसमिति र कोषाध्यक्ष आ“शु तमूको संयोजकत्वमा आर्थिक उपसमिति गठन गरिएको छ । त्यसै गरि संस्थालाई अनुशासित र मर्यादित बनाउन सल्लाहकार सदस्य बिलबहादुर तमूको संयोजकत्वमा अनुशासन उपसमिति पनि गठन गरिएको छ ।
प्रशिक्षणमा छलफलका लागि छुट्टाईएको समयमा पुर्वाञ्चल सम्पर्क समितिका सदस्य निर्मल तमूले आफनो भनाई राख्दै यति विस्तार भएको संस्थाले अब तमू समुदायको आर्थिक पक्ष उठाउने तर्फ पनि ध्यान दिनु पर्ने विचार राखे । मुलुकमा नै आर्थिक उपार्जनका उपायहरुको खोजि गर्ने र विदेशीने क्रमलाई क्रमशः कम गर्ने तर्फ ध्यान दिनु पर्ने विचार समेत व्यक्त गरेका थिए ।
अध्यक्ष बिमल तमूले संस्थाको भावि कार्यक्रम प्रस्तुत गर्दे प्रत्येक शाखा समितिहरुलाई कृयाशिल बनाउन आयोजना गर्नु पर्ने कार्यक्रमहरु वारे चर्चा गरेका थिए । नियमित रुपमा सञ्चालन भईरहेका कार्यक्रमहरुको निरन्तरता दिने र भाषा प्रशिक्षण लगायत तमू समुदायको शैक्षिक विकासमा प्रोत्साहन दिने खालका कार्यक्रमहरु सञ्चालन गर्ने योजना रहेको जानकारी गराए । अन्तमा कार्यक्रम सफल बनाउन उपस्थित प्रमुख प्रशिक्षक, प्रशिक्षक द्वय र सबै सहभागि तमू तमूस्योहरुलाई धन्यवाद दिदै अध्यक्ष तथा सभापति तमूले कार्यक्रम समापन भएको घोषणा गरेका थिए ।