काठमान्डौ फाल्गुन ३ गते ।
शान्ति प्रक्रिया र संविधान लेखनमा भएको प्रगतिका विषयमा छलफल गर्न नेपाली काङ्ग्रेस संसदीय दलको बैठक आज बस्दै छ ।
बिहान ११ बजेपछि सिंहदरबारमा रहेको दलको कार्यालयमा बस्ने बैठकमा पछिल्लो राजनीतिक परिस्थिति र पार्टीको अडानका बारेमा पनि छलफल हुने संसदीय दलका प्रवक्त नवीन्द्रराज जोशीले जानकारी दिनुभयो । जोशीका अनुसार बैठकमा राज्यःपुनसंरचना, संसदमा प्रस्तुत भएका विधेयकहरूलगायतका वषयमा पनि छलफल हुनेछ ।