Responsive Ad Slot

latest

नयाँ एल्बम लिएर आउँदै यामु I

Friday, February 17

/ by Admin BHOLA THAPA

काठमान्डौ फागुन ५ गते ।
भैगो नआऊ मुटु जलाउन
सुकेको डाली हुँ म कहाँ सक्छु र फेरि पलाउन
लोक गायक यामु शर्मा धेरै लामोसमयपछि आफ्नो नयाँ एल्बम लिएर बजारमा देखा पर्दैछन् । मनका पीडालाई गीतबाट उजागर गर्दै बजारमा देखा पर्न थालेका यामु शर्मा करिब एक दशकको यात्रपछि पछिल्लो एल्बमको तयारीमा रहेका हुन् । ०५९ सालबाट आफ्नो सांगीतिक यात्रा औपचारिक रुपमा गरेका यामु शर्माले त्यतिबेला प्रकाशनमा ल्याएको गीति एल्बम ‘फलेको डाली नगुने’ले उनलाई स्थापित नै गराइछाड्यो । त्यसपछि उनले गाएको गीत ‘नराम्रो देख्छु सपनी’ बजार आउँदा झन् उनको चर्चा उचाइमा पुग्यो ।
yamu sharma

तनहुँको घिरिङ सुन्धारामा जन्मिएका यामु शर्मालाई स्कुले अवस्थादेखि नै आफ्नो गायन प्रतिभालाई स्रोता दर्शककासामु ल्याउँदा आफूलाई गायन पेशामा स्थापित गराउँछु भन्ने लागेको थिएन । उनले गाउँमा विहे छ, पूर्व पश्चिम मोटर गुडाउँछु, ठेउवा करायो, मस्र्याङ्गदीमा पस्यो भन्दिनुलगायतका थुप्रै एल्बमहरु पनि बजारमा ल्याए । खुला दोहोरी प्रतिस्पर्धामा खप्पिस रहेका यामु शर्मा राम्रो बाध्यबाधक पनि हुन् ।

पछिल्लो समयमा संगीतको बजार खस्किरहेको अवस्थामा उनले एउटा एल्बम निकाल्ने तयारी पनि गरिरहेका छन् । भैगो नआऊ मुटु जलाउन… बोलको गीतलाई बजारमा ल्याउने तयारीमा रहेको यामु शर्मा अहिले भने निरन्तर रुपमा संगीतमै समर्पित रहेका छन् । उनी दिनभर आफ्नो संगीत संयोजनलाई पेशाका रुपमा समर्पित गर्दै निरन्तर लागिपरेका छन् भने बेलुका निरमाया दोहोरी साँझमा काम गर्ने गर्छन् । 

आफ्नो गायन पेशालाई निरन्तर रुपमा अगाडि लैजाने क्रममा उनले संगीत संयोजनलाई पनि सँगसँगै अगाडि बढाउँदै गएका छन् शर्माले । मिठो स्वरका धनी शर्माले आफूभन्दा ठूला कलाकारहरु र साना कलाकारहरुसँग पनि उत्तिकै सहकार्य गर्दै आइरहेका छन् । उनले संगीत संयोजन गरेका गीतहरु बद्री पंगेनीको जनताको शासन, भगवान भण्डारीको दिलको ढोका बन, भुवन केसीले गाएको गीत पानमा पराग छ साथै निकै चलेको गीत मन परेको फूल खसेकोले निकै सफलता हात पा¥यो । त्यसपछि उनलाई संगीत संयोजनमा अझ बढी हौसला मिल्दै गयो ।
संगीतलाई आफ्नो मुटुको स्पन्दन ठान्ने शर्मालाई संगीत क्षेत्रमा देखिएको अवस्थाले निकै चिन्ताग्रस्त बनाएको छ ।

 संगीत उद्योग छ तर उद्योग संचालनका नाममा कुनै औचित्य देखिएको छैन । संगीतको बजार खस्किरहेको छ, संगीतमा सीआरबिटी चोरेर रातारात महल ठड्याउनेहरु छन् तर तिनीहरुलाई कुनै कारवाही हुनसकेको छैन । जसले गर्दा उद्योग नै धरासायी बनिरहेको छ तर त्यही उद्योगमा क्रियाशीलहरु किन मौन बसिरहेका छन् भन्ने बारेमा उनको गुनासो छ । संगीतमा लागेरै बाँच्न सकिने अवस्था भएको छ, प्रविधिको विकाससँगै संगीत पनि विकसित हुँदै गएको छ । तैपनि धरासायी बन्दै गएको संगीत उद्योग देखेर यसको निराकरण गर्न सम्बन्धित निकायलाई उनले ध्यानकर्षण समेत गराउन चाहन्छन् । म्युजुक खबर 
Don't Miss
© all rights reserved
made with by netKUTI