अर्जुन अधिकारी,
काठमाण्डौ फागुन , ११ गते ।
राष्ट्रिय बीमा संस्थान आजबाट ४५ औं बर्षमा प्रबेश गरेको छ । स्थापनाकालदेखि नै लगातार नाफामा रहदै आएको सो कम्पनीको निर्जीवन बीमा चुक्ता पूँजी १२ करोड ४३ लाख ९२ हजार रहेको छ । त्यस्तै, जीवन बीमा चुक्ता पूँजी १२ करोड ९३ लाख रूपैँया रहेको छ । संस्थानले गत आर्थीक बर्ष २०६७÷६८ मा प्रिमियर आम्दानी एक अर्व ८१ करोड आम्दानी गरेको छ भने सोहि आर्थीक बर्षमा १३ अर्व तीन करोड रुपैयाँ लगानी गरेको संस्थानले जनाएको छ ।
सो आर्थीक बर्षमा संस्थानले निर्जीवन बीमातर्फ प्रिमियर आम्दानी ४८ करोड रुपैयाँ गरेको छ भने, लगानी एक अर्व ७९ करोड रुपैयाँ गरेको छ । संस्थानको हालसम्म देशभरी सातवटा क्षेत्रीय कार्यलय रहेका छन् भने पाँचवटा शाखा कार्यलय रहेका छन् ।