Responsive Ad Slot

latest

ग्याल्बो ह्लोसार आज विभिन्न कार्यक्रम गरी धुमधामसँग मनाउँदै I

Wednesday, February 22

/ by Admin BHOLA THAPA
काठमाण्डौ, फागनु १० गते ।
शेर्पाहरूको ऐतिहासिक पवित्र धार्मिक पर्व ग्याल्बो ह्लोसार शेर्पाहरूले आज विभिन्न कार्यक्रम गरी धुमधामसँग मनाउँदैछन् । फागुन शुक्ल प्रतिपदाका दिनदेखि १५ दिनसम्म मनाइने यस पर्वमा पहिलो दिन घर, आँगन, बस्ती सफा गरी ध्वजापताका, तोरण टाँगेर आफ्ना नातेदार बोलाई बुद्धमूर्ति स्थापना गरी घर तथा गुम्बामा पूजाआजा गरी मनाइने प्रचनल रहेको छ ।
पूजामा लामा, गाउँको मुखिया लगायत सम्मानित व्यक्तिलाई बोलाई पूजाआजा गराई खानपिन तथा नाचगान गरिन्छ । यो पर्व बौद्ध भिक्षु–भिक्षुणीले पनि मनाउने गर्दछन् । पर्वका अवसरमा घर–घरमा स्वस्तिक, चन्द्र–सूर्यको चित्र कोर्ने नयाँ वर्षको शुभकामना आदानप्रदान गर्ने, राम्रो पहिरन, मीठा परिकारले पाहुनाको स्वागत सत्कार गर्ने तथा मान्यजनसँग आशीर्वाद लिने प्रचलन रहेको छ ।
ग्याल्बो ल्होसारको अवसरमा शुभकामना दिनुहुँदै राष्ट्रपति डा रामबरण यादबले नेपालका सबै चाडपर्व, संवत्, संस्कृति र परम्पराहरू साझा राष्ट्रिय सम्पदा रहेकाले यी सम्पदाहरूको संरक्षणबाट हामीलाई राष्ट्रियताको बाटोमा एक भई अघि बढ्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।
उहाँले घ्याल्बो ल्होसार पर्व एवम् नयाँ वर्ष २१३९ ले हामी सम्पूर्ण नेपालीबीच देशका सबै चाडपर्व, भाषा, भेषभूषा, संस्कृति र परम्पराहरूको संरक्षण र सम्वद्र्धन गर्न ऊर्जा प्रदान गर्न सकोस् भन्ने कामना पनि गर्नुभएको छ ।
त्यस्तै प्रधानमन्त्री डा बाबुराम भट्टराईले दिनुभएको शुभकामना सन्देशमा हाम्रो देश बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषताहरूको अनुपम नमूनास्थल रहेको उल्लेख गर्दै यिनै विविधताभित्र प्रत्येक जातजाति र धर्मावलम्बीको विशिष्ट एवम् मौलिक परम्परा, रहनसहन प्रतिबिम्बित हुँदै आएको बताउनुभएको छ ।
त्यसै गरि विभिन्न राजनैतिक दलहरुले पनि ग्याल्बो ल्होसारको अवसरमा शुभकामना सन्देश दिँदै आपसि एकताको कामना गरेका छन ।
ग्याल्बो ल्होसारकै अवसरमा सरकारले आज सार्वजनि विदा समेत दिएको छ ।
Don't Miss
© all rights reserved
made with by netKUTI