Responsive Ad Slot

latest

प्रहरी संगको झड्पमा एकजनाको ज्यान गयो I

Monday, February 20

/ by Admin BHOLA THAPA

सन्तकुमार चौधरी
चितवन ७ फागुन ।
प्रहरी संग भएको झड्पमा चितवनको चन्डीभन्ज्याङमा गएराति एक युवकको ज्यान गएको छ । बाटोमा रात्रीबस रोकेर शिवरात्रीको चन्दा उठाइरहेका युवा र इलाका प्रहरी कार्यालय मुग्लिङको टोलीबीच भएको झडपमा चितवन चण्डीमञ्ज्याङ वड नं. ९ भालुढुंगाका १८ वर्षीय रविन गुरुङको को मृत्युभएको हो ।
उनको खुट्टा तथा गुप्ताड्डमा चोट लागेको देखिएको छ । झडप पछि गम्भिर चोट लागेको गुरुङलाई हिजोनै उपचारका लागि भरतपुर अस्पताल पु¥याइएको थियो । उनको गएराती उपचारको क्रममा मृत्युभएको प्रहरीले जानकारी दिएको छ ।

मृतक रविन गुरुङ एमालेका कार्यकर्ता समेत हुन । उनको शव भरतपुर अस्पतालमा राखिएको छ । यता पीडित परिवारले भने रविनको प्रहरीको कुटाइवाट ज्यान गएको दावी गरेको छ । आफन्तको घर जाने क्रममा प्रहरीले उनलाई कुटपीट गरेको उनीहरुको आरोप छ ।

घटनापश्चात रातभर अबरुद्ध रहेको नारायणगढ–मुग्लीन सडकखन्डमा आज बिहान प्रहरीले बल प्रयोग गरि ५ बजेबाट सडक सुचारु गराएपनि अहिले पुन सडकखण्ड बन्द भएको छ । भरतपुर अस्पतामा राखिएको गुरुङको शब आक्रोशित स्थानिय बासिन्दाले पोष्टमार्टम गर्न दिएका छैनन् । भरतपुर अस्पताल परिसरमा व्यापक सुृरक्षा तैनाथ गरिएको छ । पीडित परिवारले भने घटनाको विषयलाई लिएर शदरमुकाम बन्द गराएका छन् । भरतपुर नारायणगढ भएर चल्ने कुनैपनि सवारी साधन सञ्चालनमा आउन सकेको छैन् ।

यसैबीच आक्रोषित समुहले आज विहान ना.३ ख ८४०६ नम्बरको मालवाह ट्रकमा तोडफोड गरेका छन् । भरतपुरको चौविकोठी नजिकै चलिराखेको ट्रक रोकेर तोडफोड गरेका हुन् । बजार क्षेत्रमा प्रशासनले सुरक्षा स्थितीलाई कडा पारेको प्रशासनले सुरक्षा स्थितीलाई कडा पारेको । अकस्मात गरिएको बन्दले अधिकाङ सवारी साधन नारायणगढ –मुग्लीङ सडक खण्ड अन्तर्गत बीच बाटोमै रोकिएको छ । बन्दका कारण मध्यरातदेखि नै यात्रुहरु बीचबाटोमै अलपत्रमा परेका छन् ।
Don't Miss
© all rights reserved
made with by netKUTI