Responsive Ad Slot

latest

तनहुँ कारागारमा बन्दीहरुबीच झडप (फोटो फिचर ) I

Wednesday, February 15

/ by Admin BHOLA THAPA
आश गुरुङ,
तनहुँ, फागुन ३ गते ।
जिल्ला कारागार तनहुँमा बन्दीहरुबीच आज विहान झडप भएको छ । नाईके फेर्नुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएका कैदीबन्दीहरुबीच आपसमा झडप भएको हो । झडपमा परेर भाइ नाईके दीपक वि.क. घाईते भएकाछन् । उनको दमौली अस्पतालमा उपचार गरिएको छ । उनको छाती र टाउको चोट लागेको छ । नाईकेले हरेक सामानमा कमिसन खाने, क्यान्टिनको खानेकुरामा बढी पैसा लिने, अखाद्य बस्तु मिसिएको चामल र दाल खुवाउने, आन्तरिक कोषको रकम हिनामिना गरेको, बिरामी हुँदा समेत उपचारकोलागि सिफारिस नगरेको भन्दै नाईकेविरुद्ध बन्दीहरुले आन्दोलन गरेका हुन् ।
बन्दीहरुले आज विहान ढोका खोल्नासाथ नाईके र भाइ नाईकेलाई आक्रमण गरेका कारागारका सुरक्षा प्रमुख प्रहरी सहायक निरीक्षक कृष्ण बानियाले जानकारी दिनुभयो ।

बन्दीहरुको आक्रमणमा घाईते भएका भाई नाईके दिपक विक प्रहरी क्वाटरमा आराम गर्दै  तस्विर प्रकाशचन्द्र भट्टराई÷इन्सेक तनहूँ
कारागार सुरक्षामा बसेका प्रहरीहरुले तत्कालै नाईके र भाई नाईकेलाई बाहिर निकालेका कारण ठूलो दुर्घटना हुनवाट जोगिएको प्रहरीले जनाएको छ । नाईके र चौकीदारले आफुहरुको कुनै गुनासो नसुन्ने र हरेक बस्तुमा कमिसन खाने हुँदा आन्दोलन गरिएको बन्दी नबिन थापाले वताएकाछन् । उनले कारागार प्रशासनले नाईके परिर्वतन नगरेसम्म आन्दोलन नरोकिने बताएकाछन् । अर्का बन्दी सुदिप रानाले नाईकेले बन्दीको प्रवेश शुल्क बापत ३ सय रुपैयाँ लिएको र हाल सम्म संकलित रकम दुरुपयोग गरेको बताए । बन्दीहरु बिरामी हुँदा समेत उपचारको लागि सिफारिस नरगेको पनि उनको भनाई छ । घरबाट ल्याईदिने खानेकुरा समेत नाईकेले खान नदिने र क्यान्टीनबाट महंगो शुल्कमा खाजा खान बाध्य पार्ने गरेको उनले बताएएकाछन् ।
बन्दिहरु विच झपड भएपछि कारागारमा तैनाथ प्रहरीहरु ।

 तस्विर प्रकाशचन्द्र भट्टराई÷इन्सेक तनहूँ
बन्दीका नाईके प्रेम परियारले भने आफुले कुनै पनि कुरामा कमिसन नखाएको दावि गरे । २ बर्ष अघिको शुल्कमा मेस चलाएको भन्दै प्रशासनले अनुसन्धान गरि आफ्नो अनियमितता फेला पारे आफु जस्तो सुकै कारवाही भोग्न तयार भएको उनले बताए । लागु औषधको मुद्धामा सजाय पाएका बन्दीहरुले कारागारमा लागु औषध तस्करी गर्न नपाएपछि आन्दोलन गरेको उनले दावि गरे । प्रवेश शुल्क बन्दिहरुको सहमतीमा तोकिएको र त्यसको रकम सबै पारदर्शी भएको उनको भनाई थियो । नाईके बन्न नपाएका केहि बन्दीहरुले सबैलाई उचालेर आन्दोलन गरेको उनको भनाई थियो । कारागार प्रमुख तिर्थ खनालले आफुले सँधै बन्दीहरुको समस्या सुन्ने गरेको उपचार लगायतका अन्य सुविधाहरु नियमित भईरहेको बताए । उनले पनि नाईके बन्न चहानेले बन्दीहरुले अरु बन्दीहरुलाई उचालेको बताए ।
नाईके विरुद्ध नारावाजी गर्दै बन्दीहरु ।  तस्विर प्रकाशचन्द्र भट्टराई÷इन्सेक तनहूँ
बन्दीहरुका विच झडप भएपछि तत्कालै जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी नायव उपरिक्षक कारागार पुगेका थिए । कारागारमा ठुलो संख्यामा प्रहरी परिचालन गरिएको थियो । प्रहरी नायव उपरिक्षक गौतमराज कट्टेलले कारागारमा सुरक्षा व्यवस्था कडा पारिएको बताए । उनले अप्रिय घटना नहोस भन्नका लागि सुरक्षा सतर्कता अपनाएको बताए । प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पौडेलले क्षमता भन्दा धेरै बन्दीहरु रहेको कारण घटना भएको बताए । बन्दी स्थानान्तरणको लागि गृह मन्त्रालय र कारागार व्यवस्थापन विभागमा धेरै पत्राचार गरिएपनि सुनुवाई नभएको बताए । आन्दोलनको नेतृत्व गर्ने बन्दीहरुलाई तत्काल सरुवाको लागि सम्बन्धित निकायमा अनुरोध गर्ने उनले बताए । कारागारमा सुरक्षा व्यवस्था कडा पार्न प्रहरीलाई निर्देशन दिएको प्रजिअ पौडेलको भनाई थियो । 

२५ जना क्षमताको कारागारमा हाल १२५ जना बन्दीहरु रहेका छन् । जस मध्ये सबैभन्दा धेरै कतव्र्य ज्यान मुद्दामा ४७ जना रहेका छन् । त्यस्तै जबरजस्ती करणी मुद्दामा २० जना र लागुऔसध मुद्दामा १६ जना बन्दीहरु रहेका छन् ।
Don't Miss
© all rights reserved
made with by netKUTI