एजेन्सी,
फागुन ९ गते ।
अफगानिस्तानमा चिसोले कठ्याङ्ग्रिएर कम्तिमा ४० जना बालबालिकाको मृत्यु भएको छ । यो चिसो पछिल्लो एक दशककै सबैभन्दा वढि भएको उल्लेख छ । अफगानिस्तानमा रातको समयमा तापक्रम धेरै घटेको कारण ती बालवालिकाको मृत्यु भएको जनाइएको छ ।
मर्नेमा काबुल शरणार्थी शिविरमा रहेका वालवालिका रहेका छन् जो टेन्टमा बस्दै आएका थिए । नेटो र तालिवान विद्रोहिको युद्धबाट विस्थापित हुने मानिसहरु उक्त शिविरमा वस्दै आएका थिए । समयमा ती शिविरहरुमा राहत सहयोग नपुगेको कारण सरकारको कडा आलोचना समेत हुने गरेको छ । जसको पछिल्लो परीणामा स्वरुप वालवालिकाको ज्यान भएको छ ।