पोखरा
माघ २५ गते ।
सामुदायिक सञ्चार केन्द्र कास्की, रेडियो गण्डकी, गण्डकी टेलिभिजनको आयोजना एवं स्थानिय शासन उत्तरदायी सहजीकरण संयन्त्रको सहयोगमा आज जिल्ला विकास समिति कास्कीमा सार्वजनिक सुनुवाई कार्यक्रम हुने भएको छ ।
जिल्ला विकास समिति कास्कीले प्रवाह गर्ने सेवा सुविधा, योजना निर्माणमा समावेशीता र विकास निर्माणको सन्दर्भमा सार्वजनिक सुनुवाई गर्न लागिएको आयोजक सामुदायिक सञ्चार केन्द्र कास्कीले जनाएको छ ।
कार्यक्रममा स्थानिय विकास अधिकारी, राजनीतिक दलका प्रतिनिधिहरुले नागरिकहरुको जिज्ञासाको जवाफ दिनुहुने बताइएको छ । सामुदायिक सञ्चार केन्द्र कास्कीले यसअघि कास्की ५ वटा गाउँ विकास समितिमा सार्वजजनिक सुनुवाई कार्यक्रम गरिसकेको छ ।