Responsive Ad Slot

latest

अस्थायी शिक्षकलाई स्थायी गर्नुपर्ने माग गद शिक्षकद्धार आन्दोलन I

Monday, February 6

/ by Admin BHOLA THAPA
चितवन माघ २३ गते ।

अस्थायी शिक्षकलाई स्थायी गर्नुपर्ने माग गर्दै नेपाल शैक्षिक गणतान्त्रिक मन्च र नेपाल शिक्षक युनियनले आफ्नो आन्दोलनलाई जारी राखेका छन । आन्दोलन अन्तर्गत आज देशभरका जिल्ला शिक्षा कार्यालयमा धर्ना दिने कार्यक्रम रहेको छ ।
सरोकारवाला निकायले आफ्ना मागका बारेमा कुनै वास्ता नगरेकोले देशैभरका जिल्ला शिक्षा कार्यालयमा बिहान १० देखि दिउँसो ४ बजेसम्म धर्ना दिने गणतान्त्रिक मन्चका केन्द्रीय अध्यक्ष गुणराज लोहनीले जानकारी दिनुभयो ।

उहाँका अनुसार धर्नामा बसे पनि शिक्षा कार्यालयको कामकारबाहीमा कुनै समस्या र्सिजृना गरिने छैन । सेवा अवधि गणना गरी प्रक्रिया पु¥याएर अस्थायी शिक्षकहरूलाई स्थायी गर्नुपर्ने माग गर्दै अस्थायी शिक्षक आन्दोलन केन्द्रीय समितिले एक वर्षदेखि विभिन्न चरणको आन्दोलन गर्दै आएको छ । सरकारी तथ्याङ्कअनुसार देशभर अस्थायी शिक्षकहरूको सङ्ख्या २० हजारको हाराहारीमा रहेको छ ।

यता अस्थायी शिक्षकलाई स्थायी गर्नुपर्ने माग गर्दै आज नेपाल शैक्षिक गणतान्त्रिक मन्च र नेपाल शिक्षक युनियनले संयुक्त आज पनि जिल्ला शिक्षा कार्यालय चितवनमा धर्ना दिदै छन्।

Don't Miss
© all rights reserved
made with by netKUTI