प्यूठान फागुन १२ गते ।
प्यूठानको धुबांग गाविस वडा नम्बर २ मा हिजो साँझ लागेको आगोले १२ घर र ९ गोठ जलेर नष्ट भएको छ । आगलागिमा करिब ३ दर्जन चौपाया मरेका छन् । स्थानीय राजु रोकाको घरबाट सल्केको आगो करिब ५ घण्टापछि मात्र नियन्त्रणमा आएको थियो । स्थानियबासि, नेपाली सेना तथा प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिईएको थियो । आगलागिबाट घरमा रहेका सम्पुर्ण लत्ताकपडा, कागजात, अन्नपात, सबै जलेर नष्ट भएको छ ।
यसैगरि दाङ्मा गयराती भएको आगलागीमा परि १० ओटा पसल जलेर नष्ट भएका छन । तुल्सीपुरको बिपीचौकका अजय शर्मा र महेन्द्र शर्माको घरमा राखिएको जुत्ता पसलमा बिद्युत लाईन सर्ट आगोलाग्दा तुल्सिपुरमा १० पसल जलेको इलाका पं्रहरि कार्यालय तुल्सिपुरले जनाएको छ । राति १० बजेदेखी लागेको स्थानियबासी र प्रहरिको सक्रियतामा १२ बजे नियन्त्रणमा लिईएको थियो ।
आगोले जलेर श्रृंगार पसल, एग्रोभेट, मोबाईल पसल, फोटो स्टुडियो, फेन्सी पसल, पिसीओ लगायतमा क्षति भएपनि यकिन विवरण भने आउँन बाकी रहेको प्रहरिले जनाएको छ ।