Responsive Ad Slot

latest

आफन्तसंग विछोडीएको पिडा सहरे बस्नु परेको छ I

Tuesday, February 21

/ by Admin BHOLA THAPA
आधुनिकता संगै आधा आकाश ढाकेका नेपाली महिलाहरु चुलो चौकाको साँधुरो घेरालाई तोड्दै विश्व भरी छरीइ सकेका छन । पुरुषको अधिनमा रहेर काम गर्नुपर्छ र घरधन्दामा नै सिमित रहनुपर्छ भन्ने मान्यतालाई चुनौती दिदै महिलाहरु हरेक क्षेत्रमा फैलिन थालेका छन । कतारमा मात्रै करिव २५ हजारको हाराहारीमा नेपाली महिलाहरु कार्यरत छन ।

यस्तै वीर नेपाली महिलाको पहिचान बोकेर ग्रुपफोर सेक्युरिटी काममा कार्यरत छिन प्रमिशा लामा । सुपरमार्केटमा सेक्युरिटी गर्दै आएकी उनको कतारबसाई भने ३ वर्ष भन्दा बढि भएको छ । नुवाकोट रातमाटे जन्मेकी उनको कर्मथलो भने काठमाण्डौ हो । घरपरिवारको सहमती अनुसारनै वैदेशीक रोजगारीमा आएकी उनी आफु भाग्यमानी भएको ठान्छीन ।
(हालै कतारले उनलाई अर्को पहिचान समेत दिएको छ । यहाँ निमार्णधिन चलचित्र इशारा जिन्दगीको मा उनले नायिकाको भुमीका निभाएकी छिन । उनै सुरक्षकर्मी एबं नायीका प्रमिशासंग राजेश्वर ढकाल ले तनहुँ खबरडटकम को लागि गरिएको कुराकानी ।)

इशारा जिन्दगी चलचित्रमा खेल्ने अवसर चाहि कसरी पाउ“नु भयो ?
उहा“हरुले चलचित्रको लागि नायिकको खोजी गरिरहनु भएको रहेछ । मेरो साथीसंग त्यसैचलचित्रका निमार्ता मोहन सरले कुरा गनुभएको रहेछ । उसले म खेल्दीन मेरो साथीहरु छन कुरा गर्छु भनेपछि साथीले मलाई सबैकुरा भनिन ,पहिले त होस, के हो कस्तो मान्छे हो खेल्दीन भनेको थिए, पछि जाउ“ गएर त हेरौ अनि थाहा हुन्छ भनेर साथीले भने पछि अडिसनको लागि  हामी साथीहरु ग्रुप नै मिलेर गएका थियो । जे होस एउटा रमाईलो घटना नै छ । यस चलचित्र खेल्नुमा पनि ।

चलचित्र खेल्ने रहर चाहि थियो ?
रहर थियो , कसरी सुटिङ गर्दा हुन,कसरी अभिनय गर्ने हो आदिइत्यादी कुराहरु मनमा खेलिरहेको थियो । ती कुराहरु जान्ने अवसर पाए । खुशी छु रहर पुरा भएको मा । 

अब कुनै चलचित्रमा अफर आयो भने खेल्नु हुन्छ ? 
विचार गर्नुपर्छ । यस चलचित्रबाट केही अनुभवहरु बटुलेको छु । राम्रो चलचित्रबाट अफर आयो भने सोच्नु पर्छ । अहिले नै यसो गर्छु भनेर भन्न सकिने अवस्था छैन । चलचित्र रिलिज भएको छैन , भएपछि कस्तो प्रतिक्रिया आउछ,त्यस पछिका कुरा हुन यी ।

चलचित्र इशारा जिन्दगीमा कस्तो भूमीकामा देखिनु भएको छ तपाई ?
यो तिन प्रेमीहरुको प्रेमकथामा आधारीत चलचित्र हो । यसमा मेरो भूमीका अलि पृथक खालको छ । म साहित्यिलाई रुचि राख्ने केटी भएकोले मैले एक सुशिल ,गरिव र साहित्यि लेख्ने युवकलाई मन पराएको छु । त्यस्तै रोलमा देख्न पाउनु हुनेछ । बांकी त चलचित्र हेरे पछि नै थाहा पाउनु हुन्छ । अहिले गोप्य राखे । हा हा हा हा ...।

कस्तो लाग्दै छ प्रवासी जीवन ?
रमाईलो नै मान्नु पर्छ । आफन्तसंग विछोडीएको पिडा सहरे बस्नु परेको छ । बाध्यताले प्रवासीएको हो यहि बाध्यताको बिचमा पनि प्रवासी जीवन रमाइलै चलेको छ ।
बैदेशीक रोजगारीको लागि महिलाहरु विदेशीनुलाई कसरी लिनुभएको छ ?
राम्रो रुपमा लिएको छु । हाम्रो देशमा पुरुष सरह महिलाहरु पनि शिक्षीत छन । नेपालको संस्कार र परम्पराका कारण महिलाहरु शिक्षँत भएर पनि परिधिमा बाधिएर बस्नु परेको छ । सरकाले अनुमती दिएको कम्पनीमा आफनो दक्षता अनुसार बुझेर आउनु पर्छ । शिक्षीत महिलाहरुको लागि राम्रँे अवसर देखेको छु ।


कतार अँएर के पाए के गुमाए जस्तो लाग्छ ?
  सर्वप्रथम त आफनो खुटामा उभिने आधार बनाउन सके,चलचित्रमा अभिनय गर्ने अवसर पाए  । तर घरपरिवारको मायाँ साथ गुमाएँ । केही पाउन केही गुमाउनै पर्ने रहेछ ।

सुपर मार्केटमा कार्यरत हुनुहुन्छ कसैको नराम्रो ब्यवहार पाउनु भएको छ कि ?
कसैले पनि नराम्रो ब्यवहार गरेको छैन । हामी डिउटी टाईममा डे्रसमा आइडी लगाउनु पर्छ नाम पढेर नेपाली दिदी हुनुहुदो रहेछ बोल्न अनुमती छ कि छैन भन्दै सोध्नुहुन्छ । अनि सामानहरु कहाँ पाउछ जानकारी लिनुहुन्छ । राम्रै मान्छेसंग भेटेर हो की अहिले सम्म कुनै नराम्रँे ब्यवहारहरु पाएको छैन । आफु भलो त जगत भलो भन्छन होइन र ?

खाडीमा कार्यरत महिलाहरुको सुरक्षा हुदैन भन्छन नी ?
हाम्रो त एकदम सुरक्षित छ । घरेलु कामदारको लागि आउने महिलाहरुको लागि त्यस्तो होला । तर कम्पनीमा आउनेका लागि त्यस्तो हुदैन ।


तपाईले बारम्बार सम्झने कुनै क्षण छ की ?
स्कुलबाट ९ कक्षाको विधार्थीहरुलाई पिक्निक लगेको थियो । हामी सबै साथीहरु गाडीको प्रतिक्षा थियौ । गाडी सानो भएकोले ३ पटक टि्रप गर्यो । अन्तिमा म छुटे । कोहि पनि लिन आएनन । पछि स्कुलमा सरसंग मेरो पैसा फिर्ता दिनु भन्दै झगडा गरेको क्षण कहिल्यै बिस्रन सक्दिन ।

Don't Miss
© all rights reserved
made with by netKUTI