Responsive Ad Slot

latest

अरब लीगले सीरीयामा अनुगमन अभियान पुन सूचारु गर्ने ः वान की मून I

Thursday, February 9

/ by Admin BHOLA THAPA

अरब लीगले सीरीयामा आफनो अनुगमन अभियान पुन सूचारु गर्ने भएको छ । संयुक्त राष्ट्रसंघका महासचिव वान की मूनले अरब लीगले सीरीयामा आफ्नो अभियान फेरि सुरु गर्नको लागि राष्ट्रसंघसँग सहयोगको अपिल गरेको बताएका हुन् । सीरीयामा बढ्दो हिंसात्मक गतिविधिलाई ध्यानमा राखेर लीगले गत महिना अनुगमन अभियानलाई बीचमै रोकेको थियो । महासचिव मुनले सिरियाका विभिन्न शहरमा भएको सरकारी दमन र बर्वरताले संकट अझै गहिरिने आशंका बढेको भन्दै चिन्ता व्यक्त गरेका छन् । गत हप्ता सुरक्षा परिषद्मा रुस र चीनले सिरिया विरुद्धको प्रस्ताव रोके पछि अन्तराष्ट्रिय समुदायहरु सिरियाको संकट समाधान खोज्न संघर्षरत छन् ।

यी दुई देशले भिटो प्रयोग गरेकाले सीरीयामा हिंसात्मक क्रियाकलापमा थप वृद्धि भएको उनको भनाइ छ । यता सिरियामा सेनाले सरकार विरोधी प्रदर्शनकारी विरुद्धको कारवाही जारी राखेका छन् ।
Don't Miss
© all rights reserved
made with by netKUTI