Responsive Ad Slot

latest

शान्ति र संविधान लेखनमा गम्भीर हुन प्रधानमन्त्रीलाई संविधानसभाध्यक्ष आग्रह I

Wednesday, February 29

/ by Admin BHOLA THAPA

काठमान्डौ, फागुन १७-संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले अरू सबै काम छाडेर शान्ति र संविधान लेखनको काममा ध्यान केन्द्रीत गर्न प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई आग्रह गर्नुभएको छ । शान्ति प्रक्रिया र संविधान लेखनको प्रक्रियालाई गति दिन आग्रह गर्नका लागि नेम्वाङ बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुग्नुभएको हो ।

भेटमा आफूले जारी राजनीतिक गतिरोधलाई हटाउन पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको नेम्वाङले जानकारी गराउनुभयो । उहाँले शान्ति र संविधान लेखन प्रक्रियालाई आउने जेठ १४ भित्र टुङ्ग्याउनुपर्ने बाध्यता रहेकोले गम्भीर हुन पनि आग्रह गर्नुभयो ।

यसैगरी प्रधानमन्त्री भट्टराईले भोलि बस्ने मुख्य दलका नेताहरुको बैठकले ठोस निर्णय गर्ने र यसका लागि आफूले पनि पहल गर्ने बताउनुभएको सभ्याध्यक्ष नेम्वाङले जानकारी दिनुभयो । भेटमा प्रधानमन्त्री भट्टराईले यही फागुन महिनाभित्र शान्तिप्रक्रियाको बाँकी काम पूरा हुने र संविधान लेखनको बाँकी काम अघि बढ्ने बताउनुभएको सभाध्यक्षले सन्चारकर्मीलाई जानकारी दिनुभयो । सिआईएन
Don't Miss
© all rights reserved
made with by netKUTI